नेकपा एमालेबाट प्रदेश–१ मा को को बने त उम्मेदवार ?

काठमाडौं । नेकपा एमालेले प्रदेश १ मा आफ्नो उम्मेदवारहरुको टुंगो लगाएको छ । प्रदेश सभाका ५६ र प्रतिनिधि सभाका २८ निर्वाचन क्षेत्र रहेको प्रदेश १ मा नेकपा (एमाले) ले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा) सँग तालमेल गर्दै आफ्ना उम्मेदवारको टुङ्गो लगाएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा ५ बाट उम्मेदवारी दिने भएका छन् । झापा १ मा अग्नि खरेलले टिकट पाएका छन् भने झापा क्षेत्र नम्बर ३ एमालेले राप्रपालाई सघाउने भएको छ ।

यसअघि झापा क्षेत्र नम्बर १ को लागि पूर्व सांसद रविन कोइरालाको नाम प्रस्ताव गरिएको थियो तर, उनलाई प्रदेशसभा तर्फ १ (क) मा टिकट दिइएको छ । यद्यपि उनले प्रदेशमा नउठ्ने धारणा सार्वजनिक गर्दै आएका छन् ।

मोरङ १ मा घनश्याम खतिवडाले टिकट पाएका पाएका छन् । प्रदेश २ ऋषिकेश पोखरेल, ३ मा भानुभक्त ढकाल र ४ मा विनोद ढकालले टिकट पाएका छन् । मोरङ ५ जसपाले पाएको छ । मोरङ ६ बाट लालबाबु पण्डितले टिकट पाएका छन् ।

सुनसरी क्षेत्र नम्बर १ एमालेले जसपालाई छाडेको छ । क्षेत्र नम्बर २ मा भीम आचार्य, ३ मा भगवती चौधरी र ४ मा जगदिश कुसीयैतले टिकट पाएका छन् । यस्तै, उदयपुर १ मा मञ्जु चौधरी र २ मा ज्ञानेन्द्र श्रेष्ठले टिकट पाएका छन् । ताप्लेजुङमा योगेशकुमार भट्टराई उम्मेदवार हुने निश्चित भएको छ । धनकुटामा राजेन्द्र राईलेको निश्चित भएको छ । इलाम १ मा काजीमान कागते र २ सुवासचन्द्र नेम्वाङले प्रतिनिधि सभा सदस्यको टिकट पाएका छन् ।

संखुवासभामा यसअघिको सांसद राजेन्द्र गौतमले टिकट हात पारेका छन् भने खोटाङमा विशाल भट्टराई नै दोहोरिएका छन् । यसैगरी सोलुखुम्बुमा मानवीर राई ,ओखलढुंगामा यज्ञराज सुनुवारको भागमा परेको छ । उता पाँचथरमा बसन्त नेम्वाङले टिकट पाए भने भोजपुरमा शेरधन राईलाई टिकट दिइएको छ ।