यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको छ। भने, हाल देशका प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रहि अन्य स्थानमा मौसम सामान्यतया सफा रहेको छ। यसैगरी, आजको दिउँसोको मौसमको अवस्थामा पहाडी भूभागहरुमा आंशिकदेखी सामान्य […]

कैलालीमा हिन्दु राष्ट्र पुर्नस्थापनाको माग गर्दै मोटरसाइकल र्‍याली

  हिन्दु राष्ट्र पुनर्स्थापनाको माग गर्दै देशभक्त समाजले कैलालीमा मोटरसाइकल –याली गरेको छ । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीबाट निस्केको (याली अत्तरिया हुँदै पुनः धनगढी पुगेर कोणसभामा परिणत भएको कार्यक्रमका संयोजक रविन्द्र कार्कीले जानकारी दिए । (यालीमा सयौं युवा तथा समर्थकको सहभागिता रहेको थियो । हिन्दु राष्ट्र पुनर्स्थापना, संघीयताको खारेजी र संवैधानिक राजतन्त्रको स्थापनाको माग […]

गायक तथा संगीतकार लोचन रिजाललाई कोरोना संक्रमण

काठमाडौं । गायक तथा संगीतकार लोचन रिजाललाई कोरोना संक्रमण भएको छ । रिजालले सामाजिक सञ्जाल फेसूबकमार्फत आफूलाई कोरोना संक्रमण भएको बताएका हुन् । उनले शनिवार एक पोस्ट गर्दै आफूमा कोरोना संक्रमण देखिएको र आइसोलेसनमा बसेको बताएका छन् । साथै उनले आफ्नो सम्पर्कमा आएका अरुलाई पनि कोरोना परीक्षण गराउन अनुरोध गरेका छन् । गत मंगलवारदेखि टाउको […]

रुपन्देहीमा असोज ४ सम्म निषेधाज्ञा,निजी सवारी साधनमा जोर–बिजोरका लागु हुने

बुटवल । रुपन्देहीमा एक हप्ता निषेधाज्ञा थप भएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकको सिफारिस र जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालयले असोज ४ गतेसम्म निषेधाज्ञा थप गरेको हो । यसअघि भदौ २८ गते रातिसम्म निषेधाज्ञा आदेश जारी गरिएको थियो । यसपटकको निषेधाज्ञामा निजी सवारी साधनहरु जोर–बिजोरका आधारमा सन्चालन हुन पाउने […]

कोरोना संक्रमण बढ्दै गएपछि रुपन्देहीको सैनामैनामा ७ भदौसम्म लकडाउन

बुटवल । कोरोना संक्रमण दर बढ्दै गएपछि रुपन्देहीको सैनामैना नगरपालिकाले पनि लकडाउन गरेको छ । नगरस्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले भदौ १ गते राति १२ बजेदेखि भदौ ७ गते राति १२ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको हो । लकडाउन अवधिमा नगरपालिकाका १२ वटै वडामा अत्यावश्यक बाहेकका सेवा, सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, बजार […]

श्रीमानको कुटाइबाट गर्भको सात महिने शिशुको मृत्यु

रोल्पा । रोल्पाको रुन्टिगढी गाउँपालिका(३ मा श्रीमान्को कुटाइबाट गर्भमा रहेको सातमहिने शिशुको शनिबार मृत्यु भएको छ । कुटाइबाट गम्भीर घाइते महिलाको स्वास्थ्यचौकी मसिनामा उपचारका क्रममा सात महिनाको मृत शिशु जन्मिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक शङ्कर खड्काले जानकारी दिए । रुन्टिगढी(३ भोर्नाका २३ वर्षीया कुले विकको कुटाइबाट २० वर्षीया पत्नी कुमारी विक गम्भीर […]

लाभ लिन नसकिएको सुदूरपश्चिमको अनुपम उपहार खप्तड (एक पूर्ण जानकारी)

डोटी– सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रलाई यसको महत्वको र आकर्षणअनुरुप विकास गर्न नसकिएको स्थानीय नागरिकले गुनासो गर्न थालेका छन् । सुदूरपश्चिमेलीका लागि एक अनुपम पर्यटकीय उपहारका रूपमा यस प्रदेशका चार जिल्लाको काखमा अवस्थित यो आकर्षकस्थल यहाँका राजनीतिक दललगायत स्थानीयवासीले प्रचारप्रसार र विकास गर्न सकेका छैनन् । यहाँका सबै राजनीतिक दलहरू हुन् या अनेक सङ्घ […]

नगरपालिकाले कुहिएको चामल बाँड्यो

दैलेख– नारायण नगरपालिका वडा नंं ४ का बासिन्दालाई वडाले वितरण गरेको राहत चामल कुहिएको भन्दै दुई दिनदेखि आन्दोलन गरेका छन् । केही वडामा बाडिएपनि नगरपालिकाको वडा नं ४ मा ५५५ घरधुरीलाई वितरण गर्ने भनेर लगेको २१३ बोरा चामलमध्ये केही कुहिएको परेको भन्दै स्थानीयले आन्दोलन गरेको डिलकुमारी कटुवालले जानकारी दिइन् । नगरपालिका दैलेखको गोदाममा दुई महिनादेखि […]

सलह भगाउन टिन र थाल ठटाउँदै प्युठानी

प्युठान– यहाँका गाउँगाउँमा फेरि सलह भित्रिएको छ । सोमबार बिहानदेखि जिल्लाका प्रायः सबैजसो क्षेत्रमा फैलिएको सलह मकैबालीमा छिरेपछि किसानले टिन र थाल ठटाउँदै सलह भगाउन थालेका छन् । किसानले धुवाँ बाल्ने, टिन, थाल, जर्किनलगायतका स्थानीय सामग्री ठटाउँदै सलह भगाउन खोज्दा पनि नभागेपछि किसान थप चिन्तित बनेका छन् । लाखौँको सङ्ख्यामा भएकाले भगाउन नसकिएको प्युठान नगरपालिका–१ […]

प्रदेश ५ सरकारले ५१ करोड १४ लाखको कोरोना कृषि कार्यक्रम सञ्चालन गर्ने

रुपन्देही– प्रदेश नं ५ सरकारले कोभिड—१९ बाट प्रभावित किसानलाई राहत प्रदान गर्न कोभिड विशेष कृषि कार्यक्रम सञ्चालन गर्ने भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले कार्यक्रमका लागि रु ५१ करोड १४ लाख आगामी साउन मसान्तसम्म खर्च गर्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए । सरकारले कृषि एम्बुृलेन्स परिचालनका लागि रु ३४ लाख […]