गायक तथा संगीतकार लोचन रिजाललाई कोरोना संक्रमण

काठमाडौं । गायक तथा संगीतकार लोचन रिजाललाई कोरोना संक्रमण भएको छ । रिजालले सामाजिक सञ्जाल फेसूबकमार्फत आफूलाई कोरोना संक्रमण भएको बताएका हुन् ।

उनले शनिवार एक पोस्ट गर्दै आफूमा कोरोना संक्रमण देखिएको र आइसोलेसनमा बसेको बताएका छन् । साथै उनले आफ्नो सम्पर्कमा आएका अरुलाई पनि कोरोना परीक्षण गराउन अनुरोध गरेका छन् ।

गत मंगलवारदेखि टाउको दुख्ने, ज्वरो आउने, थकाइ महसूस हुने भएपछि रिजालले धुलिखेल अस्पतालमा कोरोना परीक्षण गराएका थिए ।

उनले शुक्रवार परीक्षण गराउँदा पोजेटिभ आएको बताए । उनले आफू धुलिखेल नजिकैको एक होटलमा आइसोलेसनमा बसेको र स्वास्थ्यमा सुधार हुँदै गएको बताए ।