भरतपुर कोभिड प्रयोगशालामा ३४ जनामा संक्रमण थपिए

  चितवन । चितवनमा थप ३४ जना कोरोना संक्रमित थपिएका छन् । भरतपुर कोभिड प्रयोगशालामा नमूना परीक्षण गर्दा चितवन जिल्लाका ३१ जनासहित ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । चितवनमा संक्रमण पुष्टि हुनेहरु सबै भरतपुर महानगरपालिकाका छन् । जसमध्ये २६ जना पुरुष र ५ जना महिला रहेका छन् । पुरुषहरु १२ वर्षीय बालकदेखि ५७ […]

आजदेखि काठमाडौँ उपत्यकामा निषेधाज्ञा खुकुलो

  काठमाडौँ । आजदेखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप खुकुलो बनाइएको छ । स्थानीय प्रशासनले गत भदौ ३ गतेदेखि जारी गरेको निषेधाज्ञा थप खुकुलो बनाउने निर्णय गरिएको हो । बुधबार बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जारी निषेधाज्ञालाई थप खुकुलो बनाउने निर्णय गरेको हो । निषेधाज्ञा थप खुकुलो भएपछि आज मध्यरातदेखि भदौ ३१ गते मध्यरातसम्मका […]

बागमती प्रदेशमा मात्रै कोरोनाले २९ जनाको मृत्यु

काठमाडौँ – कोरोना भाइरसको सङ्क्रमणको कारण बागमती प्रदेशमा मात्रै २९ जनाले ज्यान गुमाइसकेका छन । विश्वव्यापीरूपमा फैलिएको कोरोना संक्रमणले नेपालमा १४६ जनाको मृत्यु भएको छ । त्यसमध्ये बागमती प्रदेशमा शनिबारसम्म २९ जनाको मृत्यु भएको हो ।  मकवानपुरको हेटौँडामा पनि एक महिला र दुई पुरूषको कोरोनाले मृत्यु भएको छ भने २६० जना संक्रमित भएका छन् । प्रदेशको […]

खोलाको किनारामा महिलाको शव फेला

भक्तपुर । चाँगुनारायण नगरपालिका–७ र ८ को सिमानामा पर्ने मूलसाँघु खोलाको किनारामा आज एक महिलाको शव फेला परेको छ ।भक्तपुर नगरपालिका–६ घरभई चाँगुनारायण नगरपालिका–८ जितपुर भाडामा बस्दै आएकी ३२ वर्षीया काली भन्ने यशोधा सिजखुको शव खोला किनारामा भेटिएको महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए । शवको पहिचान भने मृतकका श्रीमान् […]

जुरे पहिराका पीडित भन्छन्–अझै राहत पाइएन

सिन्धुपाल्चोक– हेरक खाले विपत्ति सिन्धुपाल्चोकसँग जोडिएका छन् । विसं २०७१ को जुरे पहिरो, २०७२ सालको भूकम्प अनि २०७७ को भोटेकोशी पहिरो । सिन्धुपाल्चोकमा यस्ता घटना भइरहेका छन् तर पीडितले अहिलेसम्म न्याय पाउन सकेका छ्रैनन् । आजभन्दा ठीक छ वर्षअघि साउन १७ गते जुरेमाथिबाट पहाड खस्दा जुरेको सिङ्गो बस्ती पुरियो भने १४५ जनाको ज्यान गयो, सयौँ […]

कोरोना संक्रमितको सम्पर्कमा आएका चिकित्सकलाई क्वारेन्टाइनमा राखिने

काठमाडौँ– त्रिवि शिक्षण अस्पतालमा उपचाररत एक बिरामीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै अस्पतालले सङ्क्रमित बालिकाको सम्पर्कमा आएका चिकित्सकलाई १४ दिन ‘क्वारेन्टाइन’ तथा ‘सेल्फ आइसोलेसन’मा राखिने भएको छ । अस्पतालको न्यूरो सर्जरी वार्डको श्यया (बेड) नं ५० मा भर्ना भएकी छ वर्षीया बालिकामा आज कोरोना सङ्क्रमण पुष्टि भएको थियो । ती बालिका नाक, कान, घाँँटीको बिरामी […]

कोरोना जाँच्ने किट नहुँदा चितवनको प्रयोगशाला बन्द

रत्ननगर– कोरोना भाईरस (कोभिड–१९) को जाँचलाई तीव्र बनाउन चितवनमा स्थापना गरिएको कोभिड–१९ परीक्षण प्रयोगशाला किट अभावका कारण विगत एक हप्तादेखि बन्द अवस्थामा रहेको छ । स्वास्थ्य मन्त्रालयसँग कोरोना भाइरस परीक्षण गर्ने किट माग गर्दै आए पनि हालसम्म उपलब्ध हुन नसक्दा प्रयोगशालाको काम नै रोकिएको प्रयोगशालाका प्रमुख डा नितु अधिकारीले जानकारी दिए । चितवनमा गत चैत […]

बेपत्ता भएको ११ दिनपछि सम्पर्कमा

मेलम्ची– यही वैशाख ६ गतेदेखि सम्पर्कविहीन भएका सिन्धुपाल्चोकका सुरज लामा ११ दिनपछि बुधबार सम्पर्कमा आएका छन् । जिल्लाको बलिफी गाउँपालिका–४ घर भएका सुरज अहिले आफ्नो फोन सम्पर्कमा आएको वडाध्यक्ष कालिप्रसाद तामाङले बताए । अध्यक्ष तामाङका अनुसार सुरजले आठ गतेदेखि हिउँमा फसेकाले हिँड्न नसक्ने भएको बताएका छन् । सुरजको जिउ, आँखा सबै रातो भएको गाह्रो भएको […]

नेपालमै कोरोनाको औषधि बनाइएको दाबी

हेटौँडा। कोरोना महामारीले विश्व नै त्राहिमाम भइरहेका बेला त्रिभुवन विश्वविद्यालयअन्तर्गतको हेटौँडास्थित वनविज्ञान अध्ययन संस्थानका एक प्राध्यापकले भने कोरोना भाइरस निर्मूल गर्ने औषधि तयार गरेको दाबी गरेका छन् । प्राध्यापक डा.ललितकुमार दासले विभिन्न स्वास्थ्यवद्र्धक जडीबुटीको सम्मिश्रणबाट त्यस्तो औषधिको निर्माण गरेको दाबी गरेका हुन् । भारतको बनारस हिन्दू विश्वविद्यालयबाट फाइटो केमेस्ट्रीमा पिएचडी उपाधि हासिल गर्नुभएका डा.दासले करिब […]

गोकर्णमा दैनिक पाँच सयलाई खाना खुवाइँदै

काठमाडौँ– गोकर्णेश्वर नगरपालिकामा रहेका युवा क्लब तथा टोल विकास संस्थाले लकडाउनका कारण समस्यामा परेका वर्गलाई लक्ष्य गरी दैनिक पाँच सय जनालाई निःशुल्क खाना खुवाउँदै आएका छन् । गोकर्णेश्वर ८ र ९ र काठमाडौँ महानगरपालिका वडा नम्बर ६ मा लकडाउनयता बिहान र बेलुका व्यवस्थित र सुरक्षित तरिकाले खाना वितरण गरिएको स्थानीयवासीले बताएका छन् । विभिन्न संघसंस्थाको […]