बागमती प्रदेशमा मात्रै कोरोनाले २९ जनाको मृत्यु

काठमाडौँ – कोरोना भाइरसको सङ्क्रमणको कारण बागमती प्रदेशमा मात्रै २९ जनाले ज्यान गुमाइसकेका छन ।

विश्वव्यापीरूपमा फैलिएको कोरोना संक्रमणले नेपालमा १४६ जनाको मृत्यु भएको छ । त्यसमध्ये बागमती प्रदेशमा शनिबारसम्म २९ जनाको मृत्यु भएको हो । 

मकवानपुरको हेटौँडामा पनि एक महिला र दुई पुरूषको कोरोनाले मृत्यु भएको छ भने २६० जना संक्रमित भएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार बागमती प्रदेशमा हालसम्म चार हजार ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।