सर्लाहीका पालिकाको बजेट पास नहुँदा दशैँको मुखमा कर्मचारीले तलब पाएनन्

काठमाडौं । सर्लाहीको हरिपूर्वा नगरपालिका र विष्णु गाउँपालिकाको बजेट पारित नहुँदा कर्मचारी र शिक्षकले साउनदेखि तलब पाएका छैनन् । नगरसभाको बैठक समयमा बस्न नसक्दा बजेट पास हुन नसकेको हरिपूर्वाका मेयर विनोदकुमार शाह बताउँछन् । भर्खरै नगरसभाको बैठकले बजेट पास गरेकाले प्रकृया पुरा गरेर तिहार अगाडि तलब दिने उनको दाबी छ । भन्छन्, उनले भने ‘बहुमत […]

फेरि सडक आन्दोलनमा जनमत पार्टी

काठमाडौं । फेरि सडक आन्दोलनमा उत्रिएका जनमत पार्टीका कार्यकर्ताहरुले सिरहाको पूर्व–पश्चिम राजमार्गमा तेल ट्यांकर तोडफोड गरेका छन् । बिहीबार नरहा गाउँपालिकामा मिर्चैयाबाट विराटनगरतर्फ जाँदै गरेको ना ४ ख १७९८ नम्बरको तेल ट्यांकर तोडफोड भएको प्रहरीले जनाएको छ । सडक अवरुद्ध पारी आन्दोलन गरिरहेका जनमत पार्टीका कार्यकर्ताले ढुंगामुढा गर्दा ट्याकंरको अगाडिको सिसा फुटेको प्रहरीले जनाएको छ […]

हिउँदे वर्षाले किसान हर्षित

महोत्तरी । यसपालि हिउँदमा पानी परिरहेपछि किसानले राहत महसुस गरेका छन् । पुस सकिनै लाग्दा बुधबार महोत्तरीका अधिकांश ठाउँमा भएको वर्षाले किसानलाई खुशी दिएको हो । यसअघि दुई साता पहिले पनि पानी परेको थियो । पुस सकिनैलाग्दा परेको पानीले जाडो निकै बढाए पनि बालीनाली हुर्कन राहत पुग्ने किसानको विश्वास छ । “पुस सकिनैलाग्दा परेको पानीले […]

सर्लाहीमा मोटरसाईकल दुर्घटनामा तीन जनाको मृत्यु

सर्लाही । सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ईश्वरपुर नगरपालिका ३ बयलवास भक्तिपुर सडकखण्ड स्थित सागरनाथ जंगलमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । दुर्घटनामा ईश्वरपुर नगरपालिका ६ दशबिगाहाका अरुण सिंह, श्रगम बिक र रोहन सिंहको मृत्यु भएको प्रहरीले जनाएको हो । मृतकहरुलाई पोष्टमार्टमको लागि सदरमुकाम […]

सर्लाहीको वयलवासमा आज पनि कर्फ्यू

सर्लाही । सर्लाहीको बयलवासमा तेस्रो पटक निषेधाज्ञा जारी गरिएको छ । सर्लाहीको इश्वरपुरमा प्रहरी भ्यानको ठक्करबाट मृत्यु भएका रामकुमार महतोको परिवारलाई राहत स्वरुप १० लाख रुपियाँ उपलब्ध गराउने लगायतका ६ बुँदे सहमति भएपनि जिल्ला प्रसासन कार्यालय सर्लाहीले तेस्रो पटक निषेधाज्ञा जारी गरेको हो । प्रदर्शन हुन सक्ने आशंकामा प्रशासनले निषेधाज्ञा (कर्फ्यू) जारी गरेको हो । […]

राहतको चामलसमेत नबाँडेर गोदाममै कुहियाउने नगरपालिकाको कार्यालायमा स्थानीयद्वारा तोडफोड

काडमाडौं । कोरोना महामारीमा विपन्नलाई वितरण गर्न भनि खरिद गरेको चामल नबाँडेर गोदाममै कुहियाउने नगरपालिकाको कार्यालायमा स्थानीय वासिन्दाले तोडफोड गरेका छन् । रौतहटको देवाही गोनाही नगरपालिका कार्यालयनगरपालिकाले गरिव, असहाय, दलित समुदायलाई राहत वितरण गर्न खरिद गरेको चामल गोदाममै कुहिएपछि सोमबार राति खाल्डो खनेर पुरेको जानकारी पएपछि स्थानीयले तोडफोड गरेका हुन् । महामारीका बेला जनता भोकभोकै […]

सेती नदिमा भेटिएको शवको हुन सकेन पहिचान

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ किमलडाँडास्थित सेती नदीमा आइतबार भेटिएको शव पहिचान गर्न कठिन भएको छ । अन्दाजी ४०र५० वर्ष देखिने पुरुषको पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ । स्थानीयवासीले नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । सातदेखि १० दिन पुरानो शव भएकाले अनुहार चिनिन नसक्ने अवस्था रहेको इलाका प्रहरी […]

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको छ। भने, हाल देशका प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रहि अन्य स्थानमा मौसम सामान्यतया सफा रहेको छ। यसैगरी, आजको दिउँसोको मौसमको अवस्थामा पहाडी भूभागहरुमा आंशिकदेखी सामान्य […]

प्रदेश २ का प्रदेश प्रमुखमा राजेश झा नियुक्त

काठमाडौँ । प्रदेश २ का प्रदेश प्रमुख तिलक परियार पदमुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ प्रमुख परियारलाई पदमुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा जारी प्रेस विज्ञप्तिमा प्रदेश प्रमुख परियारलाई नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुख परियारलाई पदमुक्त गरेको जनाइएको छ । यसैबीच प्रदेश […]

प्रदेश २ मा कोरोना संक्रमणबाट थप एकको मृत्यु, ६५ संक्रमित थपिए

जनकपुर । सिरहामा कोरोना लागेका एक जना पुरुषको बुधबार उपचारको क्रममा मृत्यु भएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको छ । सिरहाको सुखीपुर नगरपालिका–८ घर भएका ७४ वर्षीय पुरुषको विराटनगरस्थित विराट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।  पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्‍न जिल्लामा ६५ जनामा कोरोना संक्रमण भएको निर्देशनालयले विज्ञप्तीमार्फत जनाएको छ । धनुषामा […]