विदेशमा कोरोना संक्रमणबाट थप दुईजना नेपालीको मृत्यु

काठमाडौं । पछिल्लो साता कोरोना संक्रमणबाट विदेशमा थप दुईजना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जीव सापकोटाका अनुसार कोरोना संक्रमणबाट मृत्यु भएका उनीहरु बेलायतमा बस्दै आएका थिए । शनिबार साँझसम्म २१ देशमा रहेका ३४१ जना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको सापकोटाले बताए । हालसम्म विदेशका विभिन्न ५३ देशमा रहेका नेपाली […]

कुवेतमा सवारी दुर्घटनाः दुई नेपालीको मृत्यु

दोहा । कुवेतमा भएको सवारी दुर्घटनामा एउटै कम्पनीमा कार्यरत दुई नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा जाजरकोटका दीपक सिंह ठकुरी र नेपालको ठेगाना नखुलेका पल बहादुर पुन रहेको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ । कुवेतको सीजीजीसी कम्पनीमा कार्यरत रहेका उनीहरु काम सकेर कोठा फर्किने क्रममा दुर्घटनामा परेका थिए । दूतावासका अनुसार कम्पनीको बसलाई बिपरित दिशाबाट आईरहेको […]

दुर्घटनामा परि हात गुमाएका एक नेपालीलाई आर्थिक सहयोग

दोहा । मलेसियामा काम गर्दा गर्दै मेसिनमा च्यापिएर हात गुमाएका एक नेपालीलाई नेपाल मगर संघ मलेसियाले आर्थिक सहयोग गरेको छ। एएआई एसडीएन बिएचडी कम्पनीमा काम गर्दागर्दै मेसिन च्यापिएर बायाँ हात गुमाएका ओखलढुंगा चम्पादेबी गाउँपालिकाका टेक बहादुर पुलामी मगरलाई संघले सहयोग गरेको हो । आर्थिक अवस्था कमजोर भएका मगरको उपचारमा थप मद्दत मिलोस् भनेर संघले १५ […]

बालिका दूर्व्यवहारको अभियोगमा एक नेपालीलाई दुई वर्ष जेल

दोहा । संयुक्त अरबएमिरेट्स (यूएई)को दुबईस्थित फौजदारी अदालतले बालिका दूर्व्यवहारको अभियोगमा एक नेपालीलाई दुई वर्ष जेल सजाय सुनाएको छ । सरसफाईको काम गर्ने २३ वर्षीय ती नेपालीले दुवई अन्तर्राष्ट्रिय विमानस्थलमा एक बालिकालाई दूर्व्यवहार गरेको अभियोगमा अदालतले जेल सजाय गरेको हो । श्रीलंकाली बालिकालाई शौचालय गएको मौका छोपी ती नेपालीले बाथरुम बन्द गरेर दूर्व्यवहार गरेको आरोप […]

८० हजार १६ नेपाली विदेशबाट फर्किए

काठमाडौं – कोभिड–१९ विश्वव्यापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका हालसम्म ८० हजार १६ नेपाली नागरिक हवाई जहाजमार्फत स्वदेश फर्किएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सिसीएमसी) का अनुसार शनिबारसम्म ३२ मुलुकबाट उक्त सङ्ख्यामा नागरिक मुलुक फर्केका हुन । मुलुक फर्कनेमा सबैभन्दा बढी संयुक्त अरब इमिरेट्सबाट २३ हजार २३७ छन् भने सबभन्दा […]

विदेशमा कोरोनाबाट ज्यान गुमाउने नेपालीको संख्या २४४ पुग्यो

काठमाडौं । विश्वव्यापी महामारी कोरोना भाइरसबाट नेपालबाहिर मृत्यु हुने नेपालीको सङ्ख्या २४४ पुगेको छ । कोरोना संक्रमणबाट यो साता अमेरिकामा थप एक जनाको मृत्यु भएको गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले उल्लेख गरेको छ । विदेशका विभिन्न १७ देशमा संक्रमणका कारण मृत्यु भएका नेपालीको संख्या २ सय ४४ पुगेको स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाले जानकारी दिए […]

कोरोनाले विदेशमा हालसम्म २४४ नेपालीको मृत्यु

काठमाडौं । कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म विदेशमा २४४ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार १७ मुलुकमा ती नेपालीले ज्यान गुमाएका हुन् । कोरोनाका कारण नेपालसहित विश्वभर जम्मा ६४५ नेपालीको निधन भएको संघले जनाएको छ । गत साता बेलायत, स्पेन र भारतलगायत देशमा कोरोना सङ्क्रमणदर सामान्य रुपमा वृद्धि भएको समितिका […]

बिदामा बसेका नेपाली कामदार साउदी फर्कन पाउने

दोहा । साउदी अरबबाट विभिन्न समयमा बिदामा नेपाल फर्किएका तर, कोरानाका कारण नेपालमै रोकिएका नेपालीले साउदी फर्कन पाउने भएका छन् । साउदी सरकारले सेप्टेम्बर १५ बाट गल्फ कर्पोरेसन काउन्सिल (जीसीसी) देशका नागरिकहरुलाई साउदीमा प्रवेश गर्न दिने निर्णय गरेको थियो । सोही अनुसार भिसाको म्याद भएका नेपालीलगायत अन्य आप्रवासी कामदारहरुले पनि तोकिएका मापदण्ड पूरा गरेर साउदी फर्किन […]

विदेशमा अहिलेसम्म कोरोनाका कारण २४३ नेपालीको मृत्यु

काठमाडौं । विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट शनिबार साँझसम्म नेपालबाहिर विभिन्न १६ मुलुकमा मृत्यु भएका नेपालीको सङ्ख्या २४३ पुगेको छ । यो साता मात्रै थप ४३ नेपालीको निधन भएको पुष्टि भएको गैरआवासीय नेपाली सङ्घ स्वास्थ्य समितिका संयोजक डा.सञ्जीव सापकोटाले बताए । गत मार्च महिनायता साउदी अरबमा मात्रै ४१ जनाको मृत्यु भएको त्यहाँस्थित राजदूतावासलाई उद्धृत गर्दै […]

अवैध मदिरासहित ४ नेपाली पक्राउ

दोहा । कुवेतमा अवैध मदिरा कारखानामा छापा मार्दा नेपालीसहित ४ जना पक्राउ परेका छन् । हवाली गभर्नोरेट सुरक्षा निर्देशनालयका सुरक्षाकर्मीले छापा मारेको जनसुरक्षा क्षेत्रका उपसचिव जनरल फराज अल जौबी बताए । कुवेतको जाबृया भन्ने ठाउँबाट मदिरा उत्पादन केन्द्र सञ्चालन गर्ने २ महिलासहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरु श्रीमान–श्रीमतिको सम्बन्धमा रहेका र […]