दुर्घटनामा परि हात गुमाएका एक नेपालीलाई आर्थिक सहयोग

दोहा । मलेसियामा काम गर्दा गर्दै मेसिनमा च्यापिएर हात गुमाएका एक नेपालीलाई नेपाल मगर संघ मलेसियाले आर्थिक सहयोग गरेको छ।

एएआई एसडीएन बिएचडी कम्पनीमा काम गर्दागर्दै मेसिन च्यापिएर बायाँ हात गुमाएका ओखलढुंगा चम्पादेबी गाउँपालिकाका टेक बहादुर पुलामी मगरलाई संघले सहयोग गरेको हो ।

आर्थिक अवस्था कमजोर भएका मगरको उपचारमा थप मद्दत मिलोस् भनेर संघले १५ हजार रुपैयाँ सहयोग गरेको जनाएको छ ।

अहिलेसम्म उनको उपचार खर्च कम्पनीले बेहोरे पनि कृत्रिम हात लगाउन डाक्टरहरुले सल्लाह दिएकाले आर्थिक संकलन सुरु गरिएको जनाइएको छ ।