आइपीएलमा बैंगलोरको दोस्रो जित

एजेन्सी ।  रोयल च्यालेन्जर्स बैंगलोरले आईपीएलमा लगातार दोस्रो जित निकालेको छ । बुधबार राति भएको खेलमा सनराइजर्स हैदरावादलाई ६ रनले पराजित गर्दै बैंगलोरले लगातार दोस्रो जित निकालेको हो । एमए चिदंबरम स्टेडियममा बैंगलोरले दिएको १ सय ५० रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो । हैदरावादका […]

प्रिमियर लिगमा लिड्स युनाइटेडको २-१ गोलले जित

काठमाडौँ । इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानको म्यानचेस्टर सिटी लिड्स युनाइटेडसँग पराजित भएको छ । शनिबार भएको खेलमा सिटी लिड्ससँग २-१ गोलले पराजित भएको हो ।  घरेलु मैदानमा सिटी १० खेलाडीमा समेटिएको लिड्ससँग पराजित भएको हो । खेलको ४२औँ मिनेटमा स्टुवार्ट डालसले गोल गर्दै लिड्सलाई अग्रता दिलाएका थिए ।  पहिलो हाफको इन्जुरी समयमा लियाम कोपेरले […]

दक्षिण अफ्रीकाविरुद्धको एकदिवसीय क्रिकेटमा पाकिस्ताको जित

काठमाडौँ । दक्षिण अफ्रीकाविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज पाहुना टोली पाकिस्तानले आफ्नो पक्षमा पारेको छ । सेन्चुरीयनमा बुधबार भएको तेस्रो तथा अन्तिम खेलमा दक्षिण अफ्रीकालाई २८ रनले हराउँदै पाकिस्तानले सिरिज २-१ ले जितेको हो । पाकिस्तानले दिएको ३ सय २१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दक्षिण अफ्रीका ४९ ओभर ३ बलमा अलआउट हुँदै २ […]

नेपालको बंगलादेशविरुद्ध २ गोल

काठमडौं । काठमाडौंमा भइरहेको त्रिदेशीय कप फुटबलको फाइनलमा नेपालले बंगलादेशविरुद्ध २ गोल गरेको छ । १८ औं मिनेटमा सञ्जोग राईको गोलमा अग्रता लिएको नेपालका लागि विशाल राईले ४२ औं मिनेटमा गोल गरे । त्रिदेशीय फुटबलको लिग चरणका दुबै खेलमा गोल गर्न नसकेको नेपालले यो १८ महिनापछि पहिलो पटक गोल गरेको हो । पछिल्लो पटक सन् २०१९ […]

सिरी ‘ए’ फुटबल : इन्टरले टोरिनोलाई २–१ गोलले पराजित

एजेन्सी । इटालियन सिरी ‘ए’ फुटबलमा शीर्ष स्थानको इन्टर मिलानले टोरिनोलाई पराजित गरेको छ । आइतबार राति भएको खेलमा इन्टरले टोरिनोलाई २–१ गोलले पराजित गरेको हो । इन्टरको जितमा रोमेलु लुकाकु र लाउटरो मार्टिनेजले एक एक गोल गरे । टोरिनोका एन्टोनियो सनाब्रियाले एक गोल फर्काए । जितसँगै इन्टर १७ खेलमा ६५ अंकसहित शीर्ष स्थानमा ९ […]

बार्सिलोनाको सहज जित

एजेन्सी । कप्तान लियोनल मेस्सिको उत्कृष्ट प्रदरश्नमा स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले सेभियालाई उसकै घरेलु मैदानमा २(० गोलले पराजित गरेको हो । बार्सिलोनाको जितमा कप्तान मेस्सी र ओसुमाने डेम्बेलेले एक एक गोल गरे । खेलको २९औँ मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई १-० को […]

सन्दीपलाइ दिल्लीले ग-यो रिलिज

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) को १४औं संस्करणको मिनी अक्सनमा कुनै पनि टोलीले स्थान पाएनन् । चेन्नईमा बिहीबार भएको मिनी अक्सनमा सन्दीपलाई कुनै पनि टोलीले किनेनन् । उनलाई सन् २०१८ को सिजनमा दिल्लीले २० लाख भारतीय रुपैयाँमा अक्सनमार्फत तीन सिजनको सम्झौतामा टिममा भित्र्याएको थियो । उनलाई दिल्लीले […]

क्रिकेटर पटेलद्वारा सन्यास घोषणा

भारतका विकेटकिपर ब्याट्सम्यान पार्थिव पटेलले खेलाडी जीवनबाट सन्यास लिएका छन् । सामाजिक सञ्जालमार्फत उनले सन्यास घोषणा गरेका हुन् । गुजरातका यी खेलाडी विगत १८ वर्ष अघिदेखि अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेका थिए । यसक्रममा उनले भारतका लागि २५ टेस्ट, ३८ एकदिवसीय र दुई टी–२० इन्टरनेशनलमा प्रतिनिधित्व गरे । टेस्ट क्रिकेटमा उनले ३१ दशमलव १३ को औसतमा ९ […]

आईपीएलको उपाधि मुम्बईले हात पा–यो

एजेन्सी । मुम्बई इन्डियन्सले यूएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको उपाधि जितेको छ । मंगलबार भएको फाइनल खेलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराउँदै मुम्बईले उपाधि जितेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा दिल्ली क्यापिटल्सले जितका लागि दिएको १५७ रनको लक्ष्य मुम्बईले १८ ओभर ४ बलमा ५ विकेट गुमाउँदै १५७ रन […]

रोनाल्डोको गोलमा युभेन्टसको बराबरी

एजेन्सी । इटालियन सिरी ‘ए’ फुटबलमा साविक विजेता युभेन्टस बराबरीमा रोकिएको छ । आइतबार भएको खेलमा युभेन्ट्सले लाजियोसँग १-१ गोलको बराबरी खेलेको हो । लाजियोको मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा युभेन्टस बराबरीमा रोकिएको हो । पहिलो हाफको १५औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । तर, खेलको इन्जुरी समयमा फिलिपे सियासेडोले गोल […]