इङ्ल्यान्डले जित्यो टी–ट्वान्टी विश्वकपको उपाधि

काठमाडौं । इङ्ल्यान्डले आईसीसी टी–ट्वान्टी विश्वकपको उपाधि जितेको छ । आज भएको फाइनल खेलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै इङ्ल्यान्डले दोस्रो पटक विश्वकपको उपाधि जितेको हो । पाकिस्तानले दिएको १३८ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले १९ ओभर मा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।

इङ्ल्यान्डले यसअघि सन् २०१० मा विश्वकपको उपाधि जितेको थियो । इङ्ल्यान्डका लागि वेन स्टोक्सले अर्धशतकीय पारी खेल । उनले ५२ रनको योगदान गरे । त्यस्तै जोस बट्लरले २६ रन बनाउँदा मोहिन अलीले १९ रन बनाए । हेरी ब्रोकले २० रन बनाए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३७ रन बनाएको थियो ।