तिहारअघि नै झिलिमिली काठमाडौं (फोटोफिचर)

काठमाडौं । तिहार आउन अझै १२ दिन बाँकी छ । तर आजकल बजार डुल्दा अनि झिलिमिली देख्दा लाग्छ, तिहार आइसक्यो । संघीय राजधानी काठमाडौंको बजार आजकाल झकिझकाउ छ । तिहारको किनमेल गर्ने सर्वसाधारणको घुइँचो, झिलिमिली बत्ती, मिठाई मसला र फुलहरूले ढाकेको छ । तिहारले छुन हप्ता दिन अघिदेखि नै राजधानीका घरहरुमा झिलिमिली बत्ती बालिएको छ […]

आज यसरी सम्झिए पृथ्वीनारायण शाह

काठमाडौँ । आज ३००औँ पृथ्वी जन्मयन्तीका अवसरमा सिंहदरबार पश्चिम गेटनजिक पृथ्वीनारायण शाहको सालिकमा राष्ट्रपति विद्यादेवी भण्डारी एवं पूर्वराजा ज्ञानेन्द्र शाहलगायतले पुष्पहार अर्पण गरेर सम्मान प्रकट गरेका छन् । विसं १८२६ मा काठमाडौँ उपत्यकाका तीन वटै राज्य विजय गरी राजधानी स्थापना गगरिएको थियो । तस्बिर सौजन्य : सुजन गुरुङ (गोरखापत्र)  

झरीपछि खुलेको मौसम

काठमाडौं– देशैभर दुई दिनसम्म परेको झरीपछि आज काठमाडौंको मौसम खुलेको छ । झरीपछि खुलेको आजको मौसमको केही सागर सुनुवारले खिचेको तस्बिरहरु ।      

फोटोहरुमा हेर्नुहोस् शोकमा डुबेको टुँडिखेल

काठमाडौँ– दुईदिनको धुम्मपछि खुलेको आकाश । पारिलो सूर्याेदय । आजको सूर्याेदयको तापसँगै शोकमा डुब्यो टुँडिखेल । अनि यहाँ आएका हजारौँ मानवसागर शोकमा भावविह्वाल भइरहे । नयाँपुस्ताका चर्चित युवानेता संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनालाई श्रद्धाञ्जलिका लागि पार्थिव शरीर त्यहाँ राखिएको थियो । अकल्पनीय दुःखद् घटनामा परी मृत्यु भएका मन्त्री अधिकारीसहित सातजनालाई अन्तिम […]

नेपालको अप्सरा रारा हिउँले सजिएकी

नेपालको अप्सरा उपनामले परिचित रारा ताल हिउँदको यो मौसममा हिउँले छोपिएर झनै स्वर्गीय बनेकी छन्। सबै तस्बिरहरूः भरतबन्धु थापा/बीबीसी

एक महिने माधवनारायण ब्रतको तस्बिरहरु

भक्तपुरको हनुमानघाट स्थित त्रिवेणीघाटमा नेपाल संवत्को आठौँ शताब्दीदेखि शुरु भएका एक महिने माधवनारायण ब्रतको सोमबार पहिलो दिन त्रिवेणीघाटमा व्रतालु । तस्विरहरुः रमेश गिरी, भक्तपुर

इलामको माईखोला किनारामा लागेको माईबेनी मेलाका केही फोटोहरु

इलाम नगरपालिका र माई जोगमाई गाउँपालिकाको सङ्गमस्थल जोगमाई र माईखोला किनारामा माघे सङ्क्रान्तिमा लागेको माईबेनी मेला । यहाँ ताप्लेजुङ, पाँचथर, इलाम र भारतका विभिन्न स्थानबाट श्रद्धालु भक्तजनको बाक्लो उपस्थिति रहेको छ । तस्बिरहरुः गोविन्द लामिछाने, इलाम, प्रदेश नं. १  

हिमपातले प्रभावित जनजीवन (फोटो फिचर)

आइतबार राति ८ बजेदेखि परेको हिमपातले हिमाली जिल्ला हुम्लाको जनजीवन प्रभावित बन्दै गएको छ । हिमपातले सदरमुकाम सिमकोटदेखि माथिको तापक्रम माइनस १५ भन्दा माथि पुगेपछि स्थानीयवासीलाई घरबाहिर निस्कनसमेत समस्या भएको छ । गएको तीन दिनदेखि बादल लाग्ने र सामान्य हिमपात हुने हुम्लामा आइतबार रातिदेखि अझै निरन्तर परेपछि अहिले सिमकोटमा झण्डै एक फिट हिउँ जमेको छ […]

असार १५ कसरी मनाईयो ? हेर्नुस् फोटो फिचरमा

हिलोमा रस्साकसी प्रतियोगिता पोखरा पर्यटन परिषद्द्धारा पोखराको लेखनाथ महानगरपालिका २४ पामेमा आयोजित १५ औं असारे रोपाइँ महोत्सवका अवसरमा हिलोमा रस्साकसी प्रतियोगितामा सहभागी बन्दै विदेशीहरु । तस्बिरः बासुदेव पौडेल,पोखरा   धान दिवस मनाउँदै पोखरा पर्यटन परिषद्द्धारा पोखराको लेखनाथ महानगरपालिका २४ पामेमा आयोजित १५ औं असारे रोपाइँ महोत्सवमा एक आपसमा हिलो छ्यापेर असार १५ मनाउँदै स्वदेशी तथा […]

घुम्टेमा फूलेको ढकमक्क लालिगुराँस

बागलुङको गलकोटमा अवस्थित पर्यटकीय लेक घुम्टेमा फूलेको गुराँस । तीन हजार १२० मिटर उचाइमा अवस्थित घुम्टे पर्यटकीय गन्तव्यको रुपमा परिचित छ ।  फूलको आकार औसत अरु फूलहरू भन्दा केही ठूलो हुन्छ । यसको पात लामो हुन्छ । पातको लम्बाई लगभग ५ देखि १० से.मी.सम्म हुन्छ । यसको रुखको उचाई र आकार ठाउँ अनुसार फरक हुन्छ […]