घुम्टेमा फूलेको ढकमक्क लालिगुराँस

बागलुङको गलकोटमा अवस्थित पर्यटकीय लेक घुम्टेमा फूलेको गुराँस । तीन हजार १२० मिटर उचाइमा अवस्थित घुम्टे पर्यटकीय गन्तव्यको रुपमा परिचित छ । 

फूलको आकार औसत अरु फूलहरू भन्दा केही ठूलो हुन्छ । यसको पात लामो हुन्छ । पातको लम्बाई लगभग ५ देखि १० से.मी.सम्म हुन्छ । यसको रुखको उचाई र आकार ठाउँ अनुसार फरक हुन्छ । निम्न पहाडी भू–भागमा यसको रुख मध्यम खालको हुन्छ भने उच्च पहाडी भागमा यसको रुख धेरै ठूलो र झ्याम्म परेको हुन्छ ।

तस्विरः रामबहादुर थापा, बागलुङ