समाजवादी मोर्चाको बैठक बस्दै

काठमाडौं । आज समाजवादी मोर्चाको बैठक बस्दैछ । बैठक अपराह्न ४ बजे नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बस्न लागेको हो । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ । साथै समाजवादी मोर्चाको आगामी रणनीति र योजना तय गरिने बताइएको छ । समाजवादी मोर्चामा अहिले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट […]

एक महिनाभित्र देखिनेगरी काम गरेर देखाउन मन्त्रीहरुलाई प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्रीलाई एक महिना भित्र केही न केही फरक देखाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका हुन् । ओलीले दिएको निर्देशनबारे जानकारी दिँदै सरकारका प्रवक्ता समेत रहेका […]

न्यूरोडको फुटपाथ: महानगरको पक्षमा उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ सडकमा थालेको फुटपाथ विस्तारको काम निरन्तर गर्न पाउने भएको छ । महानगरले पैदल मार्ग सुधारका लागि थालेको योजना काम डिभिजन सडक कार्यालय, काठमाडौंको अवरोधपछि रोकिएको थियो । त्यसको विरुद्धमा महानगरले उच्च अदालत पाटनमा निवेदन दिएको थियो । जसमा अदालतले आदेश गर्दै महानगरको मागबमोजिमको फैसला दिएको छ । अदालतका न्यायाधीशद्वय ध्रुवराज […]

कोशी प्रदेशः विधेयक स्वीकृत गर्ने सरकारको निर्णय

विराटनगर । कोशी प्रदेश सरकारले केही प्रदेश ऐनको साविक व्यवस्था जगाउने विधेयक स्वीकृत गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आज बसेको बैठकले केचना कञ्चनजङ्गा पर्यटन विकास समिति गठन आदेश २०८१, पाथिभरा विकास क्षेत्र समिति गठन आदेश २०८१, खेल संस्थालाई मापदण्डमा आधारित अनुदान सहायता वितरण कार्यविधि २०८१, हलेसी महादेवस्थान विकास समिति गठन आदेश २०८१ […]

केपी ओली चौथो पटक प्रधानमन्त्रीमा नियुक्त

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा (एमाले)का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीलाई आइतबार प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । अध्यक्ष ओलीलाई संविधानको धारा ७६ (२) अनुसार राष्ट्रपति पौडेलले प्रधानमन्त्री नियुक्त गरेका हुन् । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले आइतबार विज्ञप्ति सार्वजनिक गर्दै राष्ट्रपतिले प्रतिनिधि सभाका सदस्य केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका […]

कांग्रेस–एमाले भागबन्डा मिलेपछि मन्त्रालयको टुंगो लाग्यो

काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेबिच मन्त्रालयको भागबन्डा लगभग टुङ्गिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबिच आइतबार भएको कुराकानीमा मन्त्रालय भागबन्डा टुङ्ग्याइएको हो । दुवै दलका नेताहरुका अनुसार कांग्रेसको भागमा ९ र एमालेको भागमा ८ मन्त्रालय परेका छन् । जसअनुसार कांग्रेसको भागमा गृहसहित रक्षा, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ,स्वास्थ्य […]

एमाले अध्यक्ष ओली कम्बोडिया प्रस्थान

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्बोडिया प्रस्थान गरेका छन् । कम्बोडियामा हुने निर्वाचनको पर्यवेक्षकका रुपमा अध्यक्ष ओलीसहितको छ सदस्यीय टोली गए राति कम्बोडिया प्रस्थान गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। टोलीमा अध्यक्ष ओलीसँगै पत्नी राधिका शाक्य, पार्टीका उपमहासचिव विष्णु रिमाल, अध्यक्ष ओलीका स्वकीय सचिव राजेश बज्राचार्यलगायत रहेका छन्। अध्यक्ष […]

घन्टीमा भोट हालेकाहरु अब शंख बजाएर सूर्यको आरती गर्छन् : गोकुल बाँस्कोटा

चितवन– आगामी बैशाख १० गते हुने उप निर्वाचनमा नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुलप्रसाद बाँस्कोटाले तीनै क्षेत्रमा एमालेले विजयी हुने दाबी गरेका छन्। ‘भदौरे बाढीले ल्याएको लेदो जति सफा भएर नारायणी कञ्चन भएको छ। चितवनमा वैशाखे पालुवा पलाउन थालेका छन्, चैते हुरीको कुनै काम छैन,’ उनले भने। बाँस्कोटाले पहिले घन्टीमा भोट हाल्नेहरूले अब शंख बजाएर सूर्यको […]

चितवन–२ मा १२ जना स्वतन्त्र उम्मेदवारसहित २४ जनाको उम्मेदवारी दर्ता

चितवन । आगामी वैशाख १० गते चितवन निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनका लागि २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालय क्षेत्र नं। २ का सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले दिएको जानकारी अनुसार आज सोमबार साँझ ५ बजेसम्म २ महिलासहित २४ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । त्यसमा १२ जना दलका […]

निर्वाचनमा पराजित भएपछि शेरधन राईको मतदातालाई गुनासो

भोजपुर । नेकपा एमालेको तर्फबाट भोजपुर जिल्लाबाट प्रतिनिधिसभाको उम्मेदवार शेरधन राई पराजित भएका छन् । राई गठबन्धनका उम्मेदवार सुदन किरातीसँग २ हजार भन्दा बढी मतान्तरले पराजित भएपछि सामाजिक सञ्जालमार्फत मतदाताप्रति गुनासो गरेका छन् । सूचना तथा सञ्चार प्रविधि मन्त्री र प्रदेश १ को मुख्यमन्त्रीसमेत भएका राईले मतदाताप्रति लक्षित गर्दै जिल्लाको विकासमा काम गर्दा पनि कामको […]