
चितवन– आगामी बैशाख १० गते हुने उप निर्वाचनमा नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुलप्रसाद बाँस्कोटाले तीनै क्षेत्रमा एमालेले विजयी हुने दाबी गरेका छन्।
‘भदौरे बाढीले ल्याएको लेदो जति सफा भएर नारायणी कञ्चन भएको छ। चितवनमा वैशाखे पालुवा पलाउन थालेका छन्, चैते हुरीको कुनै काम छैन,’ उनले भने।
बाँस्कोटाले पहिले घन्टीमा भोट हाल्नेहरूले अब शंख बजाएर सूर्यको आरती गर्ने बताए।
‘उम्मेदवारी दर्ता भयो। हामी जनताको मन, मस्तिष्क र मुटुमा बस्छौं। हार्ट क्यास, ब्रेन वास गर्ने हो,’ बास्कोटाले भने, ‘जनता कसैको मुठी भित्रको बन्धक होइन एकचोटी झुक्किन्छन् धेरै झुक्किदैनन्।’
बास्कोटाले एमालेसँग विकासको भिजन र मिसन रहेकाले कसैले चुनौती दिन नसक्ने दाबी गरे।