वाम गठबन्धन घोषणापत्र ; घरघरमा बिजुली जनजनमा शेयर

रमेश लम्साल काठमाडौं– ‘घरघरमा बिजुली ः जनजनमा शेयर’ भन्ने नाराका साथ वामपन्थी गठबन्धनले ऊर्जा क्षेत्रको विकासका लागि महत्वाकांक्षी योजनाका साथ आफ्नो चुनावी घोषणापत्र तयार गरेको छ । मुलुकलाई ऊर्जा उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ गठबन्धनले सबै नागरिकलाई शेयरधनी बनाउने र लगानीका लागि आन्तरिक पूँजी परिचालन गर्ने कार्यक्रम तय गरेको छ । ‘नेपालको पानी जनताको लगानी’ […]

प्रजातान्त्रिक संस्कारबाट सुशासन ल्याउन निर्बाचन– अध्यक्ष थापा

हेटौंडा– उपप्रधानमन्त्री तथा राप्रपाका अध्यक्ष कमल थापाले मुलुकमा प्रजातान्त्रिक संस्कारबाट सुशासन ल्याउन र वर्तमान संविधानलाई कार्यान्वयन गर्नेतर्फ आगामी मंसिर १० र २१ गते हुने निर्वाचनलाई अनिवार्यरुपमा सफल तुल्याउन प्रमुख दलहरु नै सक्रिय हुनुपर्ने बताए ।   उनले राप्रपा केन्द्रीय प्रशिक्षण विभागद्वारा आज हेटौँडामा आयोजित दुईदिने प्रशिक्षण प्रशिक्षक शिविरको उद्घाटन गर्दै मुलुकमा राजनीतिक स्थायित्व, दिगो शान्ति […]

इलाममा चुनावी प्रतिष्पर्धा रोचक बन्दै

पाथिभरा संवाददाता इलाम– आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि पूर्वप्रधानमन्त्री, पूर्वसभामुख तथा पूर्वराज्यमन्त्री चुनावी मैदानमा उत्रिएका छन् । पूर्वप्रम तथा नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल, पूर्वसभामुख सुवास नेम्बाङ र पूर्व भौतिक योजना तथा निर्माण राज्यमन्त्री तथा सांसद केशव थापा इलामबाट चुनावी मैदानमा उत्रिएका हुन् । वाम गठबन्धनबाट खनाल […]

चुनाव जिते राज्यको सेवा सुविधा नलिने उम्मेदवारको घोषणा

  पास, सल्लेरी– सोलुखुम्बुबाट आसन्न प्रदेश सभा सदस्य पदका उम्मेदवार प्रकाशसिं कार्कीले चुनाव जितेर सांसद भए कुनै पनि सरकारी सुविधा नलिने बताए । नेपाली काँग्रेसबाट प्रदेश सभा ९क० का उम्मेदवार कार्कीले आफू निर्वाचित भए सरकारबाट प्राप्त कुनै पनि सेवा सुविधा नलिने बताएका हुन् । सञ्चारकर्मीसँग कुरा गर्दै उम्मेदवार कार्कीले आफू सफल व्यवसायी भएकाले सांसद बनेर […]

सप्तरीमा साढे १४ हजार मतदाता थप

राजविराज– आगामी मंसिर २१ गते हुने दोस्रोचरणको प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि सप्तरीमा १४ हजार ५४५ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयकाअनुसार निर्वाचन आयोगले पुनः संकलन गरेको मतदाता नामावलीमा सप्तरी जिल्लामा १४ हजार ५४५ जना मतदाता थप भएको हो । सप्तरी जिल्लामा प्रतिनिधि सभाका लागि चार र प्रदेश सभाका लागि आठ वटा […]