दलहरुको घोषणापत्र महत्वाकांक्षी भएको टिप्पणी

काठमाडौँ– निर्वाचनमा संघारमा दलहरुले जारी गर्ने महत्वकांक्षी घोषणापत्रले विगतको झैँ यसपटक पनि निरन्तरता पाएको चौतर्फी टिप्पणी भएको छ । यसपटक पनि दलले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि जारी गरेको घोषणापत्र हेर्दा भोट माग्नका लागि महत्वाकांक्षी र जनतालाई ढाँट्ने खालका देखिन्छन् । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आगामी १० वर्षमा पाँचवटा अन्तर्राष्ट्रिय विमानस्थल […]

मतदाता रिझाउन गाउँमा उम्मेदवार

पाथिभरा संवाददाता बझाङ– प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा आफ्नो जीत सुनिश्चत भन्दै चुनावी अभियानमा लागेका विभिन्न राजनीतिक दल र तिनका उम्मेदवार र तिनका कार्यकर्ता यतिबेला मतदाता रिझाउन गाउँगाउँ पुगेका छन् । यस अघिका चुनावमा घरदैलो कार्यक्रम कम गरेका नेताहरुले यो निर्वाचनमा भने पहिलोको तुलनामा यसपटक भने बझाङका विभिन्न ठूला देखि साना पाटी र तिनका उम्मेदवार उम्मेदवारले […]

मतदान तथा मतगणना विषयक प्रशिक्षण शुरु

काठमाडौं (पास)– निर्वाचन आयोगले आगामी मङ्सिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई व्यवस्थित र सहज तरिकाबाट सञ्चालन गर्न सहयोग पु¥याउने उद्देश्यले आज मतदान तथा मतगणना विषयक मुख्य प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । आयोग परिसरमा सञ्चालित क्षेत्रीय निर्वाचन अधिकारी तथा जिल्ला निर्वाचन अधिकारीसहित आयोगका अधिकृतहरु सहभागी रहेको उक्त […]

एमालेलाई समाप्त पार्ने खेलमा कांग्रेस लागिरहेको छ– ओली

विराटनगर– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले एमाले विरुद्धमा दुस्प्रचार गरिरहेको आरोप लगाएका छन् । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले विराटनगर गरेको कार्यक्रममा एमाले अध्यक्ष ओलीले एमालेलाई समाप्त पार्ने खेलमा कांग्रेस लागिरहेको आरोप लगाएका हुन् । उनले कांग्रेसले दुस्प्रचारबाट एमालेलाई कुनै क्षति नहुनेसमेत जिकिर गरे । कांग्रेसले कम्युनिष्टहरुको सरकार बनेमा अतिवादी […]

वाम गठबन्धन घोषणापत्र ; घरघरमा बिजुली जनजनमा शेयर

रमेश लम्साल काठमाडौं– ‘घरघरमा बिजुली ः जनजनमा शेयर’ भन्ने नाराका साथ वामपन्थी गठबन्धनले ऊर्जा क्षेत्रको विकासका लागि महत्वाकांक्षी योजनाका साथ आफ्नो चुनावी घोषणापत्र तयार गरेको छ । मुलुकलाई ऊर्जा उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ गठबन्धनले सबै नागरिकलाई शेयरधनी बनाउने र लगानीका लागि आन्तरिक पूँजी परिचालन गर्ने कार्यक्रम तय गरेको छ । ‘नेपालको पानी जनताको लगानी’ […]

प्रजातान्त्रिक संस्कारबाट सुशासन ल्याउन निर्बाचन– अध्यक्ष थापा

हेटौंडा– उपप्रधानमन्त्री तथा राप्रपाका अध्यक्ष कमल थापाले मुलुकमा प्रजातान्त्रिक संस्कारबाट सुशासन ल्याउन र वर्तमान संविधानलाई कार्यान्वयन गर्नेतर्फ आगामी मंसिर १० र २१ गते हुने निर्वाचनलाई अनिवार्यरुपमा सफल तुल्याउन प्रमुख दलहरु नै सक्रिय हुनुपर्ने बताए ।   उनले राप्रपा केन्द्रीय प्रशिक्षण विभागद्वारा आज हेटौँडामा आयोजित दुईदिने प्रशिक्षण प्रशिक्षक शिविरको उद्घाटन गर्दै मुलुकमा राजनीतिक स्थायित्व, दिगो शान्ति […]

इलाममा चुनावी प्रतिष्पर्धा रोचक बन्दै

पाथिभरा संवाददाता इलाम– आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि पूर्वप्रधानमन्त्री, पूर्वसभामुख तथा पूर्वराज्यमन्त्री चुनावी मैदानमा उत्रिएका छन् । पूर्वप्रम तथा नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल, पूर्वसभामुख सुवास नेम्बाङ र पूर्व भौतिक योजना तथा निर्माण राज्यमन्त्री तथा सांसद केशव थापा इलामबाट चुनावी मैदानमा उत्रिएका हुन् । वाम गठबन्धनबाट खनाल […]

चुनाव जिते राज्यको सेवा सुविधा नलिने उम्मेदवारको घोषणा

  पास, सल्लेरी– सोलुखुम्बुबाट आसन्न प्रदेश सभा सदस्य पदका उम्मेदवार प्रकाशसिं कार्कीले चुनाव जितेर सांसद भए कुनै पनि सरकारी सुविधा नलिने बताए । नेपाली काँग्रेसबाट प्रदेश सभा ९क० का उम्मेदवार कार्कीले आफू निर्वाचित भए सरकारबाट प्राप्त कुनै पनि सेवा सुविधा नलिने बताएका हुन् । सञ्चारकर्मीसँग कुरा गर्दै उम्मेदवार कार्कीले आफू सफल व्यवसायी भएकाले सांसद बनेर […]

सप्तरीमा साढे १४ हजार मतदाता थप

राजविराज– आगामी मंसिर २१ गते हुने दोस्रोचरणको प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि सप्तरीमा १४ हजार ५४५ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयकाअनुसार निर्वाचन आयोगले पुनः संकलन गरेको मतदाता नामावलीमा सप्तरी जिल्लामा १४ हजार ५४५ जना मतदाता थप भएको हो । सप्तरी जिल्लामा प्रतिनिधि सभाका लागि चार र प्रदेश सभाका लागि आठ वटा […]