माओवादी केन्द्र र मधेशी दलसहितको सरकार बनाउन एमालेको पहल

प्रकाश सिलवाल, काठमाडौं– नेकपा (एमाले)ले आफ्नो नेतृत्वमा नेकपा (माओवादी केन्द्र) सहित मधेशकेन्द्रित दललाई समेटेर नयाँ सरकार गठनको पहल गरेको छ । एउटै कम्युनिष्ट पार्टी निर्माणको घोषणासहित निर्वाचनमा तालमेल गरेका दुई वाम पार्टीका शीर्ष नेताहरू सरकार गठन र पार्टी एकतामा अनौपचारिक छलफलमा जुटिरहेका बेला एमाले नेतृत्वले अन्य दललाई पनि समेट्न गृहकार्य गरेको हो । एमालेका स्थायी […]

गाउँपालिका केन्द्रमा विवाद

तेह्रथुम (पास)– तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकामा गाउँपालिकाको केन्द्र कहाँ राख्ने भन्ने विषयमा जनप्रतिनिधिबीचमै विवाद भएको छ । गाउँपालिकाको केन्द्रको विषयमा विवाद भएपछि आर्थिक वर्ष सकिन लाग्दासम्म पनि गाउँसभा भएको छैन । गाउँपालिकाले निर्णय लिनुपर्ने महत्वपूर्ण एजेण्डासमेत त्यत्तिकै थन्किएका छन् । जिल्लाका तत्कालीन मोराहाङ, श्रीजुङ र पौठाक गाविसलाई मिलाएर गठन भएको मेन्छ्यायेम गाउँपालिकाको केन्द्र मोराहाङ बजार तोकिएको […]

पुनः मतगणनाको माग गर्दै विजय गच्छदारविरुद्ध सर्वोच्चमा मुद्दा

काठमाडौं– सुनसरी ३ मा पुनःमतगणना गर्नुपर्ने माग गर्दै वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा (एमाले) का भगवती चौधरीले आज सर्वोच्च अदालतमा मुद्दा दायर गरेकी छन् । नेपाली काँग्रेसका तर्फबाट विजयी भएका विजयकुमार गच्छदारले निर्वाचन आचारसंहिता विपरीत कर्मचारीलाई लतपत्तिएको र बदर मत समेत रुख चिन्ह्मा गणना गर्न लगाएको हुँदा पुनः मतगणना गर्नुपर्ने माग चौधरीले मुद्दामा गरेकी […]

प्रदेश मन्त्रालयमा ३५ देखि ९० कर्मचारी रहने

काठमाडौं– सरकारले प्रदेश मन्त्रालय अन्तर्गतको सांगठनिक संरचनाको खाका तयार पारिएको छ । मन्त्रालयमा न्यूनतम ३५ देखि अधिकतम ९० जना कर्मचारी रहने गरी सांगठनिक संरचनाको खाका बनाइरहेको सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले जानकारी दिए । मन्त्रालयको काम हेरेर ३५ देखि ९० जना कर्मचारी रहने गरी प्रस्ताव गरेका छौँ’, उनले भने, ‘मन्त्रालयको काम हेरेर कुन मन्त्रालयमा […]

शेरधन राई भन्छन्ः १ नम्बर प्रदेशको राजधानी भोजपुर, धनकुटा र इटहरीमध्ये एक हुन्छ ।

काठमाडौं (रासस)– भोजपुर जिल्लाबाट प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित सांसदहरू प्रदेश नं १ को नेतृत्व भोजपुरबाट गराउन र जिल्लाको विकास निर्माणमा सडक तथा विद्युतीकरणलाई प्राथमिकता दिन चाहन्छन् । एक प्रतिनिधिसभा सदस्य र दुई प्रदेशसभा सदस्य पाएको जिल्लाबाट प्रतिनिधिसभामा सुदन किराँती निर्वाचित भएका छन् भने प्रदेश सभाको (क) मा राजेन्द्रकुमार राई र (ख) मा शेरधन राई निर्वाचित […]

रेशम चौधरीकी पत्नी भन्छिन्– थारु भएकै कारण विजयी जुलुस समेत निकाल्न दिईएन

काठमाडौं– रेशम चौधरीकी धर्मपत्नि रञ्जिता चौधरीले मतगणना स्थलमा प्रहरी प्रशासनले थारु समुदायमाथि अत्याधिक दमन गरेको स्मरण गदाउँदै भनिन्,‘२०७२ भाद्र ७ गतेको घटना नहुनुपर्ने थियो, भयो, त्यसमा हाम्रो समुदायले समेत दुःख प्रकट गरेको छ, त्यो घट्ना सरकारले नै गराएको हो, सत्य तथ्य छानविनको लागि अझैपनि आग्रह गर्दछु ।’ उनले अघि थपिन्,‘२ वर्ष ७ महिना वितिसक्दा पनि […]

पाँचथरमा नेम्वाङ र आङ्देम्बेमध्ये कसले बाजी मार्लान् ?

पाथिभरा संवाददाता, पाँचथर– पाँचथर जिल्लाको राजनीतिक चहलपहल उत्कर्षमा पुगेको छ । प्रतिनिधिसभाका लागि वाम गठबन्धनबाट एमाले नेता वसन्तकुमार नेम्वाङ तथा लोकतान्त्रिक गठबन्धनबाट काँग्रेस नेता भीष्मराज आङ्देम्बे चौथोपटक चुनावी मैदानमा उत्रिएका छन् । यी दुई बलिया उम्मेदवारबीच पहिलोपटक एउटै चुनावी मैदानमा प्रतिस्पर्धा हुन लागेको हो । यसअघि दुई वटा निर्वाचन क्षेत्र रहेको पाँचथरबाट एमाले नेता नेम्वाङले […]

झापामा उत्साहका साथ निर्वाचनको तयारी

हरि लामिछाने, झापा– यही मंसिर २१ गते हुने निर्वाचनको अन्तिम तयारीमा खटिएका निर्वाचन अधिकारी, निर्वाचनमा होमिएका राजनीतिक दलका नेता तथा कार्यकर्ता र मतदातामा उत्साह देखिएकोे छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय झापाले निर्वाचन कार्यतालिकाअनुसार सबै तयारीलाई अन्तिम चरणमा पु¥याएको जनाएको छ भने उम्मेदवारले आफ्ना चुनावी कार्यक्रमलाई तीव्रता दिएका छन् । त्यसैगरी संविधानसभाबाट जारी संविधानको कार्यान्वयनको […]

झापामा महिला उम्मेदवार छ जना

झापा (पास)– आगामी मंसिर २१ गते हुने दोस्रो चरणअन्तर्गतको प्रतिनिधि सभा र प्रदेश सभाका लागि झापामा १४१ उम्मेदवार चुनावी मैदानमा उत्रेका छन् । प्रतिनिधि सभातर्फ ५७ जना र प्रदेश सभातर्फ ८४ जना उम्मेदवार चुनावमा होमिएका छन् । प्रतिनिधि सभातर्फ दुईजना तथा प्रदेश सभातर्फ चारजना महिला उम्मेदवार रहेका छन् । प्रतिनिधि सभातर्फ सात तथा प्रदेश सभातर्फ […]

उम्मेदवारहरु जनताका घर–घरमा

विराटनगर– मोरङमा उम्मेदवारले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् । उम्मेदवार यतिखेर घरदैलो कार्यक्रममा जुटेका छन् । उनीहरू मतदाताको मनोभावलाई सम्झने प्रयासमा लागेका छन् । निर्वाचनलाई आफ्नो अनुकूल कसरी बनाउने र मतदातालाई कसरी आकर्षित पार्नेलगायतका विषयमा रणनीति बनाउनतर्फ उम्मेदवार केन्द्रीत भएका छन् । मोरङमा ६ वटा निर्वाचन क्षेत्र रहेको छ । प्रतिनिधि सभा सदस्यका लागि ६१ […]