कोरियामा पनि इलामको चियाबारी !

काठमाडौं । परिस्थितिका जस्तोसुकै अवस्था, कति सहज–कति असहज, कति बाध्यता अनि कति सामाजिक परिवेस । जे भए पनि आफ्नोपनको झझल्कोले कहाँ छोड्छ र ? आफू जन्मे हुर्केको माटोलाई कहाँ विर्सन सकिन्छ र ? यस्तै सन्दर्भमा रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका इलामेहरुले कोरियामा नै इलाम चियाबारी पुर्याएका छन् ।

यथार्थमा सिंगो इलामाको चियाबारी नै थपक्क बोकेर पुर्याउन त कति सम्भव होला र, तथापि इलामको पहिलो परिचय र पहिचान ‘चियाबारी’लाई दक्षिण कोरियामा रहेका इलामेहरुले थपक्कै बोकेर पुर्याएका छन् ‘इलाम चियाबारी धमाका’मार्फत । हो, इलाम जिल्लाका विभिन्न दूर्गम ग्रामिण क्षेत्रहरुमा स्वास्थ्य सामाग्री सहयोग गर्ने उद्धेश्यले दक्षिण कोरियामा ‘इलाम चियाबारी सांगीतिक धमाका २०२३’ कार्यक्रम आयोजना हुने भएको छ ।

सन् २०१४ मा कोरियामा रहेका इलामेलीहरु मिलेर स्थापना गरेको इलामेली समाज दक्षिण कोरियाको आयोजनामा कोरियन पर्व छुसकको अवसरमा छुसकको तेश्रो दिन सेप्टेम्बर ३० तारिख शनिबार ‘इलाम चियाबारी साङ्गीतिक धमाका २०२३’ हुने भएको हो ।
सांगीतमार्फत धमाका मच्चाउन गायक/गायिकाहरु प्रकाश सपुत, रचना रिमाल, पदम राई, एकदेभ लिम्बू, दीपा सुहाङ, लक्ष्मण चोङवाङ, रेश्मा राईका साथै अन्य स्थानीय कलाकारहरु उपस्थित हुने कार्यक्रम आयोजनाका प्रचार विभाग प्रमूख सन्तोष राईले जानकारी दिए ।

आज सिओलमा कलाकारहरु एवं कार्यक्रमको पोष्टर सार्वजनिक गर्दै नेपालबाट ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुती रहने राईले जानकारी दिए । उक्त कार्यक्रमबाट प्राप्त रकमले इलामका विभिन्न दूर्गम स्थानहरुमा सामान्य औषधोपचार एवं अन्य स्वास्थ्य सम्बन्धि उपकरणहरुको असहज उपलब्धतालाई टेवा पु¥याउने हेतुका साथ कार्यक्रम आयोजना हुने भएको हो ।

‘सूर्योदय र हरियाली इलामेलीको पहिचान, पर्यटन प्रबद्र्धधन र समाज सेवा हाम्रो अभियान’ भन्ने मूल नारा लिएर स्थापना भएको संस्थाले यसअघि विभिन्न समाजिक सेवामा सम्वद्ध कार्यहरु गर्दै आएको छ । इलामेली समाज दक्षिण कोरियाले कोरिया र नेपालमा हरेक सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा कोरियामा रहेका संघसंस्था संग सहकार्य र समन्वय गर्दै कोरिया तथा नेपालमा आपतविपत परेका नेपालीहरुलाई सहयोग गर्दै आएता पनि यस्तो सांगितिक कार्यक्रम भने पहिलो पटक गर्न लागेको हुनाले दक्षिण कोरियावासी सम्पूर्णमा कार्यक्रम सफल पारिदिन आयोजकले अनुरोध गरेको छ ।