बालिका दूर्व्यवहारको अभियोगमा एक नेपालीलाई दुई वर्ष जेल

दोहा । संयुक्त अरबएमिरेट्स (यूएई)को दुबईस्थित फौजदारी अदालतले बालिका दूर्व्यवहारको अभियोगमा एक नेपालीलाई दुई वर्ष जेल सजाय सुनाएको छ ।

सरसफाईको काम गर्ने २३ वर्षीय ती नेपालीले दुवई अन्तर्राष्ट्रिय विमानस्थलमा एक बालिकालाई दूर्व्यवहार गरेको अभियोगमा अदालतले जेल सजाय गरेको हो ।

श्रीलंकाली बालिकालाई शौचालय गएको मौका छोपी ती नेपालीले बाथरुम बन्द गरेर दूर्व्यवहार गरेको आरोप लागेको थियो ।

दुबई प्रहरीले सीसीटीभी फुटेजको आधारमा त्यस बखत सरसफाईमा काम गर्ने ४ जनालाई पक्राउ गरेको थियो ।

प्रहरीले सोधपुछको क्रममा, चार जनामध्ये एक जना दोषी पाईएको र उनलाई जुलाईमा अदालतमा पेश गरिएको थियो । तर, ती नेपालीले उक्त आरोपलाई अस्वीकार गरेका छन् ।

अदालतले उनलाई दुई वर्ष जेल सजाय समाप्त भएपछि डिपोट गर्ने त्यहाँ प्रकाशन हुने द नेशनल अनलाइनले जनाएको छ ।

ती नेपाली को हुन् भन्ने बारे केही खुलाएको छैन । यो घटना २३ नोभेम्बर २०१९ मा भएको थियो ।