गैर आवासीय नेपाली संघमा सकुन गुरुङको उमेद्वारीः

लण्डन । सानै देखि सामाजिक न्याय र महिला अधिकारका निम्ति लडेकि शकुन गुरुङ हाल गैर आवासीय नेपाली संघको सह कोषध्यक्षको उमेद्वार छिन ।

गैर अवासिय नेपाली संघलाई आर्थिक रुपले सबल र पारदर्सि बनाउन पर्ने अनि मात्र यो संस्थाले गति लिने भन्दै आफुलाई सहकोषाध्यक्ष पदमा मत दिएर समाज सेवा गर्ने एक मौका दिन अनुरोध गरिन।

एक सफल महिला उद्यमी र समाज सेविको नामले परिचित सकुन विभिन्न सामाजिक संस्थामा आवद्ध रहेर निस्वार्थ समाजसेवा गर्दै आएकीछिन ।

सक़ुन हंकंग , सिंगापुर , नेपाल लगायतका बिबिध स्थानका आकर्षक क्वालिटी समान बेलायत तथा नेपाल सम्म सप्लाई गर्ने अल्डरसट स्थित शकुन फेशन हाउसकी प्रबन्ध निर्देशक पनि हुन् ्र

गोर्खाली चेली र आर्थिक कारोबारमा पारदर्सी छवि मानिएकी सकुन गैर आवासीय नेपाली संघको कोषमा भएको गडबडी र बिमारीलाई तह लगाउने ।

कोशाध्यक्ष संग मिलेर च्यारिटी कार्यक्रमहरु घाटामा जान नदिने , कोष हिनामिना हुन नदिने , अनावस्यक खर्च हुन नदिने योजना रहेको बताउछिन ।

गोर्खाली परिवार , गुरुङ परिवार , महिला दिदीबहिनिहरुको माया , सबै जाति र दलहरुसंगको राम्रो सम्बन्ध र साथ नै आफ्नो जित सुनिस्चितताको आधार रहेको सकुनको जिकिर छ ।