खस क्षत्री सेवा समाज कतारले आठौँ स्थापना दिवस मनायो

काठमाडौं– खस क्षत्री सेवा समाज कतारले आफ्नो आठौँ स्थापना दिवस कतारको दोहामा शुक्रबार सम्पन्न गरेको छ ।

समाजले आठौँ स्थापना दिवस विभिन्न अन्तरक्रिया तथा सांस्कृतिक कार्यक्रमसहित सम्पन्न गरेको हो ।

कार्यक्रमको उद्घाटन खस क्षत्री सेवा समाजका प्रमुख संरक्षक एवं कार्यक्रमका प्रमुख अतिथि टिबि कार्की, संरक्षक हंसराज ढकाल लगाएत अतिथिले ब्यानर अनावरण, दिप प्रज्वलन तथा केक काटेर भएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै समाजका प्रमुख संरक्षक टिबि कार्कीले खस क्षत्री सेबा समाज कतार बिसुद्द सामाजिक संस्था रहेकोले कोहि समुदायको विरुद्ध नभइ नेपाली बिचको आपसी एकता लागि गठन भएको बताए । खस क्षत्री सेवा समाजको आवश्यकता अझै रहेको भन्दै खत्रीले सम्पुर्ण सामाजिक संघसंस्था बिच समन्वय गरि निरन्तर समाज सेवामा लागि रहने बताए ।

स्थापना दिवसका अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा समाजको स्थापना उदेश्य, समाजमा क्षत्रीको भुमिका बारे समाजका प्रमुख संरक्षक टिबि कार्की,समाजको कार्ययोजना र प्रगति बारे समाजका संरक्षक हंसराज ढकाल , कतारमा नेपाली ब्याबसायिको अबसर र चुनौतीका बारे संस्थापक सल्लाहकार सागर नेपालले र खस क्षत्रीहरुको इतिहास को बारेमा समाजका सल्लाहकार निगम कार्कीले प्रशिक्षण प्रदान गरेका थिए ।

समाजका अध्यक्ष खगेन्द्र कार्कीको अध्यक्षता मा सम्पन्न कार्यक्रममा संस्थापक उपाध्यक्ष पुर्ण केसि, सल्लाहकार तेज कटुवाल, भोजपुर सेवा समाजका अध्यक्ष गोपाल बस्नेत, प्रबासि कटुवाल बन्दु सेवा समाजका अध्यक्ष गोपाल कटुवाल लगाएतले सुभकामना मन्तव्य राखेका थिए ।

सो अवसरमा समाजका सल्लाहकार संयोजक रेशम बस्नेतले कविता बाचन गरेका थिए भने समाजका कार्यसमिति सदस्य भरत केसी लगाएत दाङ देउखुरी सेबा समाजको सांस्कृतिक बिभागका कलाकारहरुले विभिन्न गीत, नृत्य तथा हास्य प्रसन प्रस्तुति गरेका थिए ।

खस क्षत्री सेवा समाजका उपाध्यक्ष बिश्व बन्दु थापाले स्वागत गरेको कार्यक्रम महासचिव रामजि खत्रीको संचालनमा सम्पन्न भएको समाजका प्रवक्ता सन्तोष क्षत्रीले बताए ।