कैलालीमा हिन्दु राष्ट्र पुर्नस्थापनाको माग गर्दै मोटरसाइकल र्‍याली

 

हिन्दु राष्ट्र पुनर्स्थापनाको माग गर्दै देशभक्त समाजले कैलालीमा मोटरसाइकल –याली गरेको छ । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीबाट निस्केको (याली अत्तरिया हुँदै पुनः धनगढी पुगेर कोणसभामा परिणत भएको कार्यक्रमका संयोजक रविन्द्र कार्कीले जानकारी दिए ।

(यालीमा सयौं युवा तथा समर्थकको सहभागिता रहेको थियो । हिन्दु राष्ट्र पुनर्स्थापना, संघीयताको खारेजी र संवैधानिक राजतन्त्रको स्थापनाको माग सहित बृहत प्रर्दशन गरिएको आयोजकले जनाएको छ ।

अहिलेको गणतान्त्रिक व्यवस्था असफल भएको आरोप लगाउँदै गणतन्त्रले विकास र समृद्धि ल्याउनु नसकेको र भ्रष्टाचार, अनियमितता, कालो बजारी बढेकाले यसको विरुद्ध प्रदर्शन गरिएको कार्कीले बताए ।