थप २ कोरोना संक्रमितको धरानमा मृत्यु

विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत थप दुई कोरोना संक्रमितको बिहीबार दिउँसो मृत्यु भएको छ ।

सप्तरीको राजविराज नगरपालिका– ७ का ५० र ५५ वर्षका पुरुषको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

उनीहरुको मृत्यु बिहीबार दिउँसो करिब एक घण्टाको अन्तरमा भएको हो । ५५ वर्षीय पुरुषको सवा १ बजे र ५० वर्षका पुरुषको दिउँसो २ बजे भएको हो ।