बुहारीलाई बञ्चरो प्रहार गरी हत्या

काभ्रे । प्रहरीले काभ्रेमा बुहारीलाई बञ्चरो प्रहार गरी हत्या गरेको आरोपमा जेठाजुलाई पक्राउ गरेको छ ।

काभ्रेको नमोबुद्ध नगरपालिका–८ दाप्चाबजार नजिकै घरमा रहेकी बुहारीलाई घरयासी विवादमा बन्चरो प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले जेठाजु पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रवीराज पौडेलका अनुसार, बिहीबार बिहान ३५ वर्षीया रन्जना तिमल्सिना (अधिकारी)लाई धारिलो हतियार प्रहार गरी जेठाजु सुदर्शन अधिकारीले हत्या गरेको आरोपमा पक्राउ गरिएको हो । प्रहरीका अनुसार, सुदर्शन अधिकारीले आँगनमा भाडा माझिरहेको बेला रञ्जनालाई पछाडिबाट बन्चरो प्रहार गरेका थिए ।