धरानमा गुमेको विरासत फर्काउन एमालेका विजय, मोती र मनोजको चर्चा

काठमाडौं । विसं २०३६ सालमा भएको निर्वाचनमा तत्कालीन ‘जनपक्षीय’ उम्मेदवार बम देवानले जितेपछि धरान कम्युनिस्ट पार्टीको पकडको रुपमा रहँदै आएकोमा २०७४ सालको निर्वाचनमा निर्वाचित मेयर तारा सुब्बाको निधन भएपछि भएको उप निर्वाचनमा कांग्रेसका उम्मेद्वार तिलक राईले बाजि मारेका थिए । पञ्चायती व्यवस्थामा पनि बामपन्थी विचारधारका उम्मेद्वार विजयी भएको धरानमा ऐतिहासिक रुपमा कांग्रेसका उम्मेद्वार विजयी भएपछि […]

प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार, यी हुन् मन्त्रीहरु

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले मन्त्रिमण्डल विस्तार गरेका छन् । मुख्यमन्त्री राईले ५ सदस्यीय मन्त्रिमण्डललाई विस्तार गरेर १४ सदस्यीय बनाएका हुन् । त्यसमा एक जना राज्यमन्त्री रहेका छन् भने १२ जना मन्त्री रहेका छन् । मुख्यमन्त्री कार्यालयका अनुसार रामकुमार राई, राजन राई, खिनु लिम्बु, झलकबहादुर मगर, शेखरचन्द्र थापा, ओम प्रकाश सरावागी, प्रतापप्रकाश […]

प्रदेश १ सरकारले मन्त्रालय फुटाएर ७ बाट १२ वटा बनाउने

विराटनगर । प्रदेश नम्बर १ सरकारले हाल कायम रहेको ७ वटा मन्त्रालयहरु फुटाएर १२ वटा मन्त्रालय बनाउने भएको छ। मन्त्रिपरिषद् कार्यविभाजन नियमावली पारित गर्ने औपचारिक निर्णय नदिएपनि आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रिपरिषद कार्यविभाजन नियमावली संशोधन गर्दै पारित गरेसँगै प्रदेशमा मन्त्रालय संख्या बढ्ने भएको हो । मन्त्रिपरिषद् बैठकपछि आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सरकारले गरेका […]

११ जनाको आउने-जाने भाडा इलाम नगरपालिकाले तिर्नेगरी अब इलाममा हवाईजाहाज

काठमाडौं । इलामको सुकिलुम्बा विमानस्थलमा फागुन ८ गतेबाट हरेक साता नियमित उडान हुने भएको छ । तारा एयर र इलाम नगरपालिकाबीच सम्झौता भएपछि सुकिलुम्बा विमानस्थलमा फागुन ८ देखि प्रत्येक आइतबार उडान(अवतरण हुने निश्चित भएको हो । नगरपालिकाले १२ उडानका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । १६ यात्रु क्षमता सिट क्षमताको जहाज एकतर्फी भाडा ८ हजार […]

हिमपातले ताप्लेजुङका जनताको जनजीवन प्रभावित

फुङ्लिङ । ताप्लेजुङमा दोस्रोपटक हिमपात भएको छ । समुद्र सतहदेखि तीन हजार ४०० मिटर उचाइमा अवस्थित फक्ताङलुङ गाउँपालिका–६ घुन्सागाउँलगायत क्षेत्रमा हिमपात भएको छ । हिमपातसँगै जाडो बढेपछि यहाँको जनजीवन प्रभावित बनेको छ । गए राति बाक्लो हिमपात भएको थियो । घुन्साका केल्साङ शेर्पाका अनुसार चिसोले बाहिर निस्कन समस्या भएको छ । चिसो बढेकाले बालबालिका र […]

घरको छानो फेरिने कहिले हो ?

फुङ्लिङ । एउटा गोठ जस्तो आधा भाग मात्र भएको घर । घरको छानोपट्टिको भाग छैन । ढुङ्गाका गारो पनि हार नमिलेको मकैको दाना जस्तै । आधा भाग मात्र भए पनि पालले छोपिएको छ । घरको सिकुवामा कुकुर छ । घर चुहिन थालेसँगै मान्छेले घर छाड्यो तर कुकुर भने त्यहीँ छ । ताप्लेजुङ, फक्ताङ्लुङ गाउँपालिका—४ खानीगाउँका […]

कांग्रेस प्रदेश १ को सभापतिमा उद्धव थापा विजयी

विराटनगर । नेपाली कांग्रेस प्रदेश नम्बर १ को सभापतिमा उद्धव थापा विजयी भएका छन् । गए राती भएको मत गणनामा थापा उनको प्रतिद्वन्द्वी गुरु घिमिर दुईमतले पराजित भएका छन् । थापाले ८४४ मत प्राप्त गरे भने घिमिरेले ८४२ मत प्राप्त गरेका छन् । थापा देउवा पक्षका हुन् ।

पाटापुरदेखि रुपाल जोड्ने मदन भण्डारी राजमार्गको शिलान्यास

झापा । इलाम र झापा जिल्लाको सीमा क्षेत्र पाटापुर देखि डडेल्धुराको रुपालसम्म चुरे—पहाड हुँदै संचालन हुने मदन भण्डारी राजमार्गको आज शिलान्यास भएको छ । मदन भण्डारी राजमार्ग उपभोक्ता सरोकार समिति नेपालका अध्यक्ष वृहस्पति खतिवडाले एक कार्यक्रममा शिलान्यास गरेका हुन् । १२३६ किलोमिटर लम्बाई रहेको राष्ट्रिय गौरबको यस राजमर्गको विभिन्न सडकखण्ड गरी करबि ४०० किलोमिटर निर्माण […]

प्रदेश १ प्रदेशसभाको बैठक दोस्रो दिन पनि अवरुद्ध

विराटनगर । प्रदेश १ प्रदेशसभाको बैठक दोस्रो दिन पनि अवरुद्ध भएको छ। आज (शुक्रबार) १ बजे तय भएको बैठक प्रदेशसभाका प्रतिपक्ष दलहरूले बजेट कार्यान्वयनमा सरकार गम्भीर नभएको भन्दै सदन अवरुद्ध पारेका हुन्। बैठक शुरू हुनासाथ सांसदहरू उठेपछि उपसभामुख सरस्वती पोखरेलले आफ्ना कुरा राख्न नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक झलकसिंह दर्लामी मगरलाई समय दिएकी थिइन्। संसदमा बोल्दै […]

प्रदेश १ को संसद बैठक चैत २३ गते बस्दै 

विराटनगर । नेकपा एमालेको माधव नेपाल समूह मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्तावमाथिको हस्ताक्षर फिर्ता लिन सहमत भएपछि प्रदेश १ प्रदेशसभाको बैठक चैत २३ गते बोलाइएको छ । गत चैत १ गते सूचना टाँस गरी अनिश्चितकालका लागि स्थगित भएको बैठक चैत २३ गतेका लागि आह्वान भएको हो । एमाले सांसद राजेन्द्र राईले चैत २३ को बैठकअघि […]