यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको छ। भने, हाल देशका प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रहि अन्य स्थानमा मौसम सामान्यतया सफा रहेको छ। यसैगरी, आजको दिउँसोको मौसमको अवस्थामा पहाडी भूभागहरुमा आंशिकदेखी सामान्य […]

मुख्यमन्त्री राईविरूद्ध अविश्वासको प्रस्ताव पेश

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव पेश भएको छ । आज ९आइतबार० बसेको प्रदेश संसद बैठकमा राईविरुद्ध अविश्वासको प्रस्ताव पेश गरिएको हो । उनीविरुद्ध इन्द्रबहादुर आङ्बोले अविश्वासको प्रस्ताव पेश गरेका हुन् । मुख्यमन्त्री राईविरुद्ध ३७ जना सांसदको हस्ताक्षर रहेको अविश्वासको प्रस्ताव पेश गरिएको छ । राईविरुद्ध प्रचण्ड–माधव समूहले १२ […]

मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु

विराटनगर । सुनसरी रामधुनी २, शिवनगरस्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक रामधुनी २, शिवनगरका २४ वर्षीय निमेश चौधरी र मोटरसाइकलपछाडि सवार सोही ठाउँका २३ वर्षीय जीवन चौधरी रहेको प्रहरीले जनाएको छ । हिजो राति साढे ८ बजे को।२६प ५६५१ नम्बरको मोटरसाइकलले साइडमा रोकिराखेको को।२त ९८७६ नम्बरको […]

प्रदेश १ मा ६ हजार कोरोना संक्रमित

विराटनगर । प्रदेश १ मो कोरोना संक्रमितको संख्या ६ हजार नाघेको छ । बिहीबार थप ११४ संक्रमित थपिएसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार नाघेको हो । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार संक्रमित मध्ये २ हजार ६१९ जना संक्रमण मुक्त भएका छन् । प्रदेश १ मा रहेका ६ हजार ६४ संक्रमित मध्ये […]

‘अलैँचीको उत्पादन बढेर के गर्नु भाउ छैन’

इलाम– बेँसी र चुरे क्षेत्रका किसानलाई यतिबेला अलैँचीको चटारोले छोपेको छ । अलैँचीको सिजन शुरु भएकाले टिप्ने र छोडाउने कामको चटारो परेको हो । मौसम नबिग्रिएको (पानी नपरेका) ले अहिले अलैँची टिप्न उपयुक्त भएको किसानको भनाइ छ । गएका वर्षामा यो सिजनमा पानी परेकाले अलैँची कुहियो । तर, यो वर्ष घाम लागेकाले समस्या छैन । […]

चियाको अवैध निकासी : देख्दैन प्रशासन, सांसद निरीह

इलाम– “चियाको बारेमा त बोल्न पनि मन लाग्दैन । गाडीका गाडी भारततर्फ चिया जान्छ कोही देख्दैन”, चिया उद्योगी तथा प्रदेश नं १ का सांसद काजीमान कागतेले फोनमार्फत यस्तो प्रतिक्रिया दिए । कागतेले शुरुमै भने, “यो चिया कसरी जाँदैछ ? प्रशासनले के हेरेर बसेको छ ? स्थानीय तह किन बोल्दैन”, कागतेले आफ्ना कुरा राखे र सम्पर्क […]

पूर्वप्रधानमन्त्री खनालद्वारा गृहजिल्लामा स्वास्थ्य सामग्री प्रदान

इलाम – पूर्वप्रधानमन्त्री झलनाथ खनालले कोरोना महामारीपछि दोस्रो पटक आफ्नो गृहजिल्लामा स्वास्थ्य सामग्री प्रदान गरेका छन् । कोरोनाको सङ्कटबाट बच्न खनालले बिरामीको उपचारमा खटिँदा लगाइने(पीपीइ) आठ सय थान र चस्मा एक हजार पाँच सय थान प्रदान गरेका हुन् । इलाम निर्वाचन क्षेत्र १ बाट प्रतिनिधि सभामा निर्वाचित खनालले सोही क्षेत्रका लागि सामग्री प्रदान गरेका हुन् […]

किमाथाङ्का–खाँदबारी सडक ट्रयाक खोल्न १४ किलोमिटर बाँकी

किमाथाङ्का– बहुप्रतिक्षित किमाथाङ्का–खाँदबारी सडक खण्डको ट्रयाक खोल्ने कार्य दुई वर्षदेखि बन्द छ । सङ्खुवासभाको खाँदबारीबाट एक सय ३४ किलोमिटर सडकको ट्रयाक खोल्ने काम सम्पन्न भएको उत्तर–दक्षिण कोशी सडक आयोजनाले जनाएको छ । चीनको सिमाना किमाथाङ्का जोडिन अब १४ किलोमिटर मात्र बाँकी छ । यो सडकको चेपुवा, छुमसुर घोङगोप्पा खण्डमा ट्रयाक खोल्न बाँकी छ । ती […]

थप १ जना कोरोना संक्रमितको मृत्यु

विराटनगर । कोशी अस्पताल विराटनगरमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । सोमबार बेलुका विराटनगर महानगरपालिका– ८  मधुमाराका ४७ वर्षका पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि आफन्तले उनलाई आइतबार कोशी अस्पताल ल्याएका थिए । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि अस्पतालले आइसोलेसनमा राखेर स्वाब संकलन गरेको थियो । सोमबार बेलुका करिब साढे […]

कोरोना संक्रमणबाट ५० वर्षीया महिलाको मृत्यु

विराटनगर । कोरोना भाइरसको संक्रमणबाट थप एक जना ५० वर्षीया महिलाको मृत्यु छ । विराटनगर तीनपैनीकी महिलाको धरानमा निधन भएको छ । सापकोटाका अनुसार कोरोना संक्रमित ५० वर्षीया महिलालाई विराटनगरको न्यूरो अस्पतालबाट अत्यधिक ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि शनिबार धरान रिफर गरिएको थियो । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचाररत उनको निधन […]