कोरोना सङ्क्रमितलाई राख्न समस्या

सुरुङ्गा– प्रदेश नं १ मा कोरोना सङ्क्रमितलाई राख्न समस्या देखिएको छ । झापाका तीन वटा स्थानीय तहमा आज एकैदिन पाँच जनालाई कोरोना सङ्क्रमण पुष्टि भएपछि उनीहरुलाई राख्न समस्या देखिएको हो । प्रदेश नं १ मा कोरोना सङ्क्रमितलाई राख्नका लागि बनाइएका आइसोलेशन वार्ड सबै भरिएपछि झापामा कोरोना सङ्क्रमण पुष्टि भएकालाई कहाँ पठाउने भन्ने विषयमा अन्योल भएको […]

यसरी फेरिँदै छ दिक्तेल बजारको मुहार

खोटाङ– पुरानो संरचनाका घर, कच्ची सडक तथा जथाभावी फालिएका फोहरमैलाले दुर्गन्धित तथा कुरुप देखिने दिक्तेल बजारको मुहार पछिल्लो समय फेरिँदै गएको छ । सडक ढलान, खानेपानीको पाइप र विद्युत्को तार तथा फोहरमैला व्यवस्थापन गर्न थालिएसँगै बजारको मुहार फेरिँदै गएको हो । विसं २०६४ देखि यातायात सञ्चालन हुँदै आएको बजारको साँघुरो तथा कच्ची सडक तीन भागमा […]

अझै पूरा भएन चियाको ‘अक्सन’

इलाम– छ वर्षअघि निर्माण शुरु भएको नेपाली चियाको लिलाम बिक्री केन्द्र (अक्सन सेन्टर) अझै पूरा भएको छैन । क्रेतालाई नेपालमै भित्र्याएर चिया बेच्ने उद्देश्यले अक्सन मार्केट खोल्न शुरु भए पनि अझै निर्माण पूरा भएको छैन । अक्सनमार्फत स्थानीय बजारबाटै चिया बेच्नका लागि अक्सन निर्माण गर्न खोजिएको हो । हालसम्म निर्माण पूरा नहुँदा क्रेताले सबै चिया […]

सभापोखरीको भेटी सङ्कलन हुन सकेन

किमाथाङ्का– सङ्खुवासभाको सभापोखरी गाउँपालिका–५ को सभापोखरीको भेटी सङ्कलनमा सम्बन्धित निकायको ध्यान गएको छैन । धार्मिक तथा पर्यटकीय महत्व बोकेको सभापोखरीमा वर्षौंदेखि भेटी सङ्कलन हुन सकेको पाइएको छ । पोखरी दर्शन गर्ने विभिन्न जिल्लाबाट आएका भक्तजनले चढाएको भेटी सङ्कलन हुन नसकेको हो । भक्तजनले पोखरीमा चढाएका भेटी तथा पैसा सङ्कलन नहुँदा लाखौँ रकम त्यसै खेर गइरहेको […]

प्रदेश नं १ मा ९३ प्रतिशत धान रोपाइँ

विराटनगर– प्रदेश नं १ मा यस वर्ष अहिलेसम्ममा ९३ दशमलव ९५ प्रतिशत धान रोपाइँ भएको कृषि विकास निर्देशनालय विराटनगरले जनाएको छ । गतवर्र्ष ५६ दशमलव ७४ प्रतिशत मात्र रोपाइँ भएको थियो भने यस वर्षको लगातार मनसुनको प्रभाव, सिँचाइको सुविधाजस्ता कारणले रोपाइँको क्षेत्र निकै बढेको निर्देशनालयले जनाएको छ । निर्देशनालयका अन्ुार उच्च पहाडी क्षेत्र ताप्लेजुङ, सङ्खुवासभा […]

गाउँतिर सोझियो कन्काईको बहाव गाउँले डरले निदाउँदैनन्

झापा– कन्काई नदीको बहाव २७ वर्षपछि गाउँतिर सोझिदा शिवसताक्षी नगरपालिका र झापा गाउँपालिकाका सात वटा गाउँका बासिन्दा रातभर ढुक्कले निदाउन पाएका छैनन् । ‘बाढी आउँदा डुबाउला भन्ने चिन्ता छ, बाढी घट्दा जमिन कटान गरेर झन् छिटो गाउँ पस्ला भन्ने डरले उनीहरूलाई सताउने गरेको छ । स्थानीयवासीले वषौंदेखि यो समस्यासँग जुध्दै आएका छन् । नदीजन्य पदार्थको […]

झापाका दुई स्थानीय तहमा बन्दाबन्दी

झापा– झापामा कोरोना सङ्क्रमित बढेका कारण दुईवटा स्थानीय तहले बन्दाबन्दी (लकडाउन) गरेका छन् । समुदायस्तरमा कोरोना सङ्क्रमण देखिएको भन्दै अर्जुनधारा नगरपालिका र बिर्तामोड नगरपालिकाले लकडाउन गरेका हुन् । अर्जुनधारा नगरपालिकाले आइतबार बिहानदेखि पाँच दिनका लागि बन्दाबन्दी गरेको छ भने बिर्तामोड नगरपालिकाले अनिश्चितकालका लागि बन्दाबन्दी गरेको हो । बिर्तामोड नगरपालिकाले आज अपराह्न नगरपालिकामा पत्रकार सम्मेलनको आयोजना […]

विराटनगर महानगरमा आजराति १२ बजेदेखि लकडाउन लागू

विराटनगर– विराटनगर महानगरपालिकाले कोभिड–१९ सङ्क्रमण समुदायमा फैलिन नदिन आजराति १२ बजेदेखि नगरक्षेत्रमा बन्दाबन्दी गर्ने निर्णय गरेको छ । महानगरस्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन समिति (सिसिएमसी)को आज बसेको बैठकले नगर क्षेत्रमा समुदायस्तरमा सङ्क्रमित वृद्धि भइरहेको अवस्थामा त्यसको नियन्त्रण एवं रोकथाम लागि यही साउन ३० गते राति १२ बजेसम्मका लागि महानगर क्षेत्रभित्र लागू हुनेगरी उक्त निर्णय गरेको महानगर […]

इलामको सुपरमाई हाईड्राले आयोजनाको भन्दा अन्य खोलाको पनि पानी लैजाँदा स्थानीयवासीको विजोग

मङ्गलबारे– इलाममा निर्माणाधीन सुपरमाई हाइड्रो परियोजनाल प्रभावित क्षेत्रको वातावरण जोगाउन काम नगरेको जनाउँदै स्थानीयवासी आक्रोशित भएका छन् । खोलामा पानी नै नछोडी परियोजना सञ्चालन गर्ने गरेको र तोकिएभन्दा अन्य खोलाबाट समेत पानी ल्याएर आयोजनामा लगाएको स्थानीयवासीले आरोप लगाएका हुन् । माइखोलाको पानीबाट निर्माण भइरहेको परियोजनाले प्रभावित क्षेत्रमा समस्या थपेको भन्दै स्थानीय सङ्गठित भएर आन्दोनमा उत्रिएका […]

कोभिड–१९ सङ्क्रमणबाट बच्न आफैँ सतर्क हुन आवश्यक

विराटनगर– कोभिड–१९ सङ्क्रमणबाट बच्नका लागि आफैँ सतर्क हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । प्रदेश नं १ सामाजिक विकास मन्त्रालयद्वारा आज यहाँ आयोजित कोभिड–१९ सम्बन्धी छलफलमा सरोकारवालाले वर्तमान अवस्थामा सङ्क्रमण समुदाय पूर्वअवस्थामा रहेको विचार व्यक्त गरेका छन् । सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेशमा पछिल्लो समय सङ्क्रमणको दर वृद्धि भएको बताउँदै समुदायमा फैलिन नदिन आवश्यक सचेतनामा जोड […]