कोरोना संक्रमणबाट ५० वर्षीया महिलाको मृत्यु

विराटनगर । कोरोना भाइरसको संक्रमणबाट थप एक जना ५० वर्षीया महिलाको मृत्यु छ । विराटनगर तीनपैनीकी महिलाको धरानमा निधन भएको छ । सापकोटाका अनुसार कोरोना संक्रमित ५० वर्षीया महिलालाई विराटनगरको न्यूरो अस्पतालबाट अत्यधिक ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि शनिबार धरान रिफर गरिएको थियो ।

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचाररत उनको निधन भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । ती महिलाको आइतबार बिहान १२ बजेर ३० मिनेटमा निधन भएको हो । प्रवक्ता डा. सापकोटाका अनुसार मृतक महिलामा दीर्घकालीन रोगसँगै फोक्सो र थाइराइडको समस्या थियो । शव व्यवस्थापनको तयारी भइरहेको प्रतिष्ठानले जनाएको छ । हाल सम्म प्रदेश १ मा कोरोना संक्रमणबाट मर्नेको संख्या १० पुगेको छ ।