धारिलो हतियार प्रहार गरी १७ वर्षे युवकको हत्या

रौतहट । रौतहटको गरुडानगर्पालिका वडा नम्बर ८ मा एक युवकको धारिलो हतियार प्रहार गरी हत्या भएको छ। उनलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा स्थानीयले शव फेला पारेका थिए ।

जिङ्डिया टोलका १७ वर्षीय निरञ्जन राम चमारको शव गाउँ नजिकैको खेतमा फेला परेको छ । उनको घाँटीमा धारिलो हतियारले रेटिएको अवस्थामा शव फेला परेको ईलाका प्रहरी कार्यालय गरुडाले जानकारी दिएको छ । घटनाका विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिए ।