आगामी दुई दिन देशभरका यी नदीहरुमा बहाबको जोखिम, सतर्कता अपनाउन आग्रह

काठमाडौं । आगामी तीन दिन देशका अधिकांश नदीमा बहाव बढ्ने भएको छ । पश्चिम सेती, महाकाली, बबई, पश्चिम राप्ती र यसका सहायक नदीहरूमा बहाव सतर्कता तह आसपास पुग्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज पूर्वदेखि पश्चिमसम्मका विभिन्न जिल्ला भई बहने ससाना नदीहरुमा बहाव बढ्ने र केहीमा आकस्मिक बहावसमेत हुन सक्ने पूर्वानुमान रहेकाले तटीय क्षेत्रमा बस्नेले सतर्कता अपनाउनु पर्ने महाशाखाले जनाएको छ ।

आगामी तीन दिन प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना रहेकोले उक्त स्थानमा रहेका खहरे खोलामा पनि पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता हपनाउन महाशाखाले आग्रह गरेको छ ।