तिम्बुङ पोखरीमा निर्माण भएको संरचनामा तालाबन्दी गरिने

काठमाडौं– पाँचथर र ताप्लेजुङ जिल्लाको सिमा क्षेत्रमा पर्ने तिम्बुङ पोखरीको प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व र सुन्दरतामा आँच पुग्नेगरी निर्माण गरिएको भौतिक संरचनामा .विष्णु मन्दिर) तालाबन्दी गरिने भएको छ ।

‘लिम्बुवान स्प्रिङ आन्दोलन’ले तिम्बुङ पोखरी छेउमा निर्माण भएको विष्णु मन्दिरमा ताला लगाइने भएको हो ।

‘लिम्बुवान स्प्रिङ आन्दोलन’ले सांस्कृतिक अतिक्रमण भएको भन्दै उक्त अतिक्रमणविरुद्ध तिम्बुङ पोखरीसम्म काङ्सोरे लङ्गमार्च गर्दै पोखरी छेउमा निर्माण गरिएको भौतिक संरचनामा तालाबन्दी गर्ने जनाएको छ ।

स्प्रिङ आन्दोलनका अगुवा टंक सेलिङकाअनुसार आज (सोमबार) झापाको दुर्गापुरबाट ३२ जना आन्दोलनकारीहरु तिम्बुङतर्फ लङ्गमार्चमा निस्किएका छन् । तिम्बुङसम्म पुग्न तीन दिन लाग्नेछ । उनीहरु एकदिन गाडीमा हिड्नेछन् भने बाँकी दुई दिन पुरै पैदल हिडेर तिम्बुङ पुग्नेछन् । त्यहाँ उनीहरुले सिमेन्ट प्रयोग गरी निर्माण गरिएको कंक्रिट संरचना (विष्णु मन्दिर)मा तालाबन्दी गर्ने र आन्दोलन शान्तिपूर्ण हुने युवा नेता सेलिङले बताए ।

लिम्बुहरुको ऐतिहासिक सांस्कृतिक महत्व बोकेको तिम्बुङ पोखरीको छेउमा विष्णु मन्दिर बनाएर विष्णु पोखरी नाम राख्ने सरकारी तयारी रहेको भन्दै यसअघि नै १८ वटा आदिवासी जनजाति संगठनले पोखरी छेउको भौतिक संरचना हटाउन माग गरेका थिए ।

सेलिङले आदिवासी जनजाति महासंंघ, किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा सम्बद्ध विभिन्न संगठनहरुको सहभागितामै पोखरी छेउको भौतिक संरचनामा तालाबन्दी गरिने बताए ।

सो क्रममा सम्बन्धित स्थानीय तह (गाउँपालिका)हरुलाई समेत ध्यानाकर्षणपत्र बुझाइने छ ।

लङ्गमार्चका सहभागीहरुको नामावली यस प्रकार छः

क) दिलेन्द्र कुरूम्बाङ – सल्लाहकार (चुम्लुङ, प्रदेश सल्लाहकार)

ख) चन्द्र आङ्देम्बे- चुम्लुङ (केन्द्रीय सचिव)

ग) मचिन्द्र बेघा- अध्यक्ष (बेघा थाेबाेजुम)

फिदिमबाट थप सङ्ख्या ।

१) संयाेजक- ईक्साहाङ चेम्जोङ

२) सहसंयाेजक- प्रयास बान्तावा 

३) सहसंयाेजक- सुनिल आङ्बाे

४) दिपेन मेन्याङ्बो

५) प्रतीक्षा तामाङ

६) सुमन तामाङ 

७) सुमन सुहाङ

८) सरोज लिम्बू

९) अनिस लिङ्देन

१०) मिलन लिम्बू

११) धन्नाजय दर्जी

१२) रेवत लाबुङ

१३) जितेन गुरुङ

१४) उषा लक्सम

१५) राम राई

१६) अमृता लाबुङ

१७) बिबेक सुनुवार

१८) जीवन नेम्बाङ

१९) सुन्दरी शेर्मा

२०) सम्झना लावती

२१) प्रयास बान्तावा

२२) दिनेश माबो

२३) बुद्दराज योङ्हाङ

२४) कर्ण काङ्बाङ

२५) राजमान थेबे

२६) पिताम्बर हेमब्याक

२७) सुमन सहयात्री योङ्हाङ

२८) आदाङ्बा सम्बाहम्फे

२९) वसन्त मेन्यङ्बो

३०) नवीन कन्दङ्वा

३१) देबेन्द्र सावा

३२) पुर्ण सम्बाहम्फे ।