राष्ट्रपति भण्डारीलाई अस्पतालले ‘डिस्चार्ज’ दिएन

काठमाडौं । स्वास्थ्यमा समस्या देृखिएपछि उपचारका लागि आज बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारी आज अस्पतालमै वस्ने भएकी छन् ।

उपचारमा खटिएका चिकित्सकका अनुसार रगत परिक्षणको रिपोर्टमा कुनै पनि समस्या देखिएको छैन ।

चार दिनदेखि ज्वरो तथा रुघाखोकीले थला परेकी उनी स्वास्थ्य उपचारका लागि शनिबार बिहान शिक्षण अस्पताल महाराजगन्ज पुगेकी थिइन् । नमुना परिक्षणमा खासै समस्या नदेखिए पनि ज्वरो कम नभएकाले उनलाई चिकित्सकले आजको रात अस्पतालमा राख्ने भएका हुन् ।

१०३ डिग्री ज्वरो आएकाले चिकित्सकहरुले डेंगु संक्रमणको अनुमान गरेका थिए । तर, नमुना परिक्षणमा डेंगु नेगेटिभ आएको छ ।