चितवनमा थप १२ जनामा कोरोना संक्रमण

चितवन । चितवनमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालले दिएको जानकारी अनुसार सक्रमित सबै खैरहनी नगरपालिका हुन् । धुलिखेल परीक्षण प्रयोगशालामा आज गरिएको परीक्षणमा ३९ जनाको नमुना परीक्षण मध्ये १२ जनामा कोरोना देखिएको हो ।

भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा स्वाब नमुना परीक्षणको चाप बढेपछि केही दिन अघिदेखि यहाँ संकलन गरिएको केही स्वाव काठमाडौं र धुलिखेल पठाईदै आएको छ ।  अस्पतालका अनुसार खैरहनीका ९ जना पुरुष र तीन महिलामा कोरोना देखिएको हो । २७ जनाको नमुना नेगेटिभ आएको छ ।