दुई स्वास्थ्यकर्मीमा कारोना संक्रमण

सुर्खेत । कर्णाली प्रदेश अस्पतालका चिकित्सकसहित दुई जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ ।

सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा चिकित्सक र एक स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको हो ।

प्रदेश अस्पतालका अनुसार ओपीडीमा कार्यरत चिकित्सक र अस्पतालमा कार्यरत एक जना महिला स्वास्थ्यकर्मी रहेका छन् । उनीहरुमा संक्रमण देखिएपछि बुधबार नै ३५ जना अन्य चिकित्सक र कर्मचारीको स्वाब संकलन गरी परीषणका लागि पठाइएको अस्पतालका कोरोना फोकल पर्सन डा।केएन पौडेले जानकारी दिए ।