मिडफिल्डर डेभिड सिल्भालाई कोरोना संक्रमण

एजेन्सी । स्पेनिस क्लब रियल सोसिडाडका मिडफिल्डर डेभिड सिल्भालाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।

ला लिगा क्लब सोसिडाडले सोमबार सिल्भालाई कोरोना देखिएको पुष्टि गरेको हो । सिल्भा हाल सेल्फ आईसोलेसनमा रहेका छन् । उनी भर्खरै मात्र प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटीबाट स्पेन आएका थिए । उनमा कुनै पनि कोरोनाको लक्षणहरु नदेखिएको क्लबे बताएको छ ।

सिल्भाले भर्खरै मात्र सोसिडाडसँग २ वर्षको सम्झौता गरेका थिए । सिल्भा सन् २०१० मा भ्यालेन्सियाबाट सिटी गएका थिए । उनले सिटीबाट ४ सय ३६ खेल खेल्दै १४ उपाधि जितेका थिए । सिल्भा स्पेनले सन् २०१० मा विश्वकप जित्दा टोलीका सदस्य थिए ।