स्वरेजले गोल गर्दा बार्सिलोना विजयी

एजेन्सी– बार्सिलोनाले कोपा डेल रे को सेमिफाइनलको पहिलो लेगमा जित हात पारेको छ । लुईस स्वारेजको एक मात्र निर्णायक गोलमा बार्सिलोनाले भ्यालेन्सियामाथि जित हात पारेको हो ।

बिहीबार राति आफ्नो नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियामाथि १–० गोलअन्तरले जित हात पारेको हो । पहिलो हाफमा दुबै टिमले गोल रहित बराबरी खेलेका थिए । गोल गर्ने अवसर पाएपनि दुबै टिमले गोल गर्न भने सकेका थिएनन् ।

खेलको ६७औं मिनेटमा लुईस स्वारेजले लियोनल मेस्सीको क्रममा हेडर गोल गर्दै बार्सिलोनालाई १–० गोलको अग्रता दिलाएका थिए । बाँकी समयमा दुबै टिमले गोल गर्न नसकेपछि बार्सिलोनाले भ्यालेन्सियामाथि कठिन जित निकालेको हो ।

बार्सिलोनाले अब ८ फेब्रुअरीमा भ्यालेन्सियासँग उसैको घरेलु मैदानमा सेमिफाइनलको दोस्रो लेगको खेल खेल्नेछ ।