‘आप्रवासी कामदार पाकेको सुविधा छाडेर स्वदेश फर्कन बाध्य’

काठमाडौँ– संयुक्त अरब इमिरेट्स (युएई)मा एक वर्षदेखि प्रतिष्ठित होटलमा कुकको काम गर्दै आएका नवलपरासीका नवराज सुवेदी चार महिनादेखि बेरोजगार छन् । विश्वव्यापी महामारीको रुप लिएको कोभिड–१९ का कारण होटल बन्द भएपछि उनी कटौतीमा परेका हुन् । रोजगारीबाट कटौतीमा परेसँगै स्वदेश फर्कने तयारी गरे पनि नेपाल आउने हवाई उडान बन्द हुँदा लामो समयदेखि उनी युएईमै रोकिए […]

कोभिड–१९ का कारण ३० हजार चलचित्रकर्मी बेरोजगार

काठमाडौँ– कोभिड–१९ का कारण सरकारले गरेको बन्दाबन्दीले देशभरका ३० हजार चलचित्रकर्मी बेरोजगार भएका छन् । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको सम्भावित सङ्क्रमणलाई ध्यानमा राखेर सरकारले झण्डै पाँच महिना लामो बन्दाबन्दी गरेसँगै चलचित्र निर्माण, प्रदर्शन र वितरण नहुँदा ठूलो सङ्ख्यामा चलचित्रकर्मी बेरोजगार बन्न पुगेका हुन् । विसं २०७२ वैशाख १२ गतेको भूकम्पका कारण थला परेको चलचित्र उद्योग […]

कुवेतमा अब नेपालीलाई प्रवेशमा प्रतिबन्ध

कुवेत सिटी– खाडी मुलुक कुवेतले भारत र चीनसमेत ३० भन्दा बढी मुलुकका यात्रुलाई कुवेत प्रवेशमा रोक लगाएको छ । कुवेती नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकले सबै विमानसेवा कम्पनीलाई एक पत्र लेख्दै सरकारको उक्त आदेश पालना गर्न आग्रह गरेका छन् । कुवेत सरकारले सार्वजनिक गरेको पछिल्लो सूचीमा समावेश मुलुकमा नेपालसहित भारत, इरान, चीन, ब्राजिल, कोलम्बिया, आर्मेनिया, बंगलादेश, […]

स्वदेश फर्किने क्रम जारी

काठमाडौँ– विभिन्न मुलुकमा अलपत्र एक हजार १४ नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ को जोखिमका कारण विदेशमा अलपत्र परेका उनीहरु विभिन्न एयरलाइन्सले उद्धार चार्टर्ड उडानमार्फत स्वदेश फर्किएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवै गरी ११ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । यी उडानबाट दुई शव पनि नेपाल ल्याइएको छ । नेपाल […]

२५ मुलुकबाट ३२ हजार बढी नेपाली फर्किए

काठमाडौं । कोभिडि–१९ महामारीका कारण विभिन्न मुलुकमा अप्ठ्यारोमा परेका ३२ हजार ७२७ नेपाली स्वदेश फर्किएका छन् । विदेशमा अलपत्र परेका नेपाली स्वदेश फर्काउन २५ मुलुकबाट गरिएको चार्टर्ड उडानमार्फत उनीहरु घर फर्किएका हुन् । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को यही साउन ४ गतेसम्मको विवरणअनुसार २०६ उडानबाट ३२ हजार १६९ नेपाली विदेशबाट घर फर्किएका छन् भने […]

वैदेशिक रोजगारीबाट फर्केकालाई शुरुआती पूँजी उपलब्ध गराइने

काठमाडौँ– सरकारले वैदेशिक रोजागारीबाट फर्केका युवालाई स्वरोजगारमा लगाउन शुरुआती पूँजी उपलब्ध गराउने भएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आज आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नवप्रवर्तनकारी युवा तथा अन्य उद्यमी र वैदेशिक रोजगारबाट फर्केका अनुभवी तथा सीपयुक्त उद्यमशील युवालाई उद्यम व्यवसाय शुरु गर्न पूँजी उपलब्ध […]

बेरोजगार भत्ताका लागि तीन करोड ६० लाखले भरे फाराम

वासिङ्टन– अमेरिकामा कोरोनाभाइरसका कारण बेरोजगार हुनुपरेको भन्दै तीन करोड ६० लाखभन्दा बढीले बेरोजगार भत्ताका लागि फाराम भरेका छन् । यति धेरै मानिसले फाराम भरेको यो पछिल्लो दुई महिनामा भएको जनाइएको छ । उनीहरूमध्ये झण्डै तीस लाखले पछिल्लो एक हप्तामा मात्रै फाराम भरेको अधिकारीहरूले जानकारी दिएका छन् । बेरोजगार भत्ताको दावी गर्नेहरूको सङ्ख्या बढ्दै गएपछि सरकारले […]