तीन वर्षीया बालिका बलात्कार गर्ने लुंगेलीलाई १० वर्षको कैद सजाय

महोत्तरी (पास)– तीन वर्षीया बालिका बलात्कार गर्ने युवक कुमार भुजेललाई जिल्ला अदालत महोत्तरीले १० वर्षको कैदको सजाय तोकिएको छ । गौशाला नगरपालिका–२ का १८ वर्षीय कुमार भुजेललाई बालिका बलात्कार गरेको आरोपमा १० वर्ष कैद र ५० हजार जरिवानाको फैसला सुनाइएको छ । विसं २०७३ कात्तिक १६ गते स्थानीय तीन वर्षीया बालिकालाई उखुबारीमा लगेर बलात्कार गरेको […]

१५ वर्षमा बिहे, १६ वर्षमा सम्बन्धबिच्छेद

लिबाङ, रोल्पा– किशोरावस्थामा प्रेम विवाह गरेर करिब तीन महिनामात्र सँगैबसेका एक जोडीले आफूूखुशी आइतबार जिल्ला अदालत रोल्पाबाट सम्बन्धबिच्छेद गरेका छन् । जिल्ला अदालत, रोल्पाका जिल्ला न्यायाधीश वासुदेवलाल श्रेष्ठको इजलासले उनीहरूको सम्बन्धबिच्छेदको फैसला गरेको जिल्ला अदालत रोल्पाका डिट्ठा भीमराज ढकालले सोमबार जानकारी दिए । रोल्पा नगरपालिकास्थित एक सरकारी विद्यालयमा कक्षा ७ मा अध्ययनरत १५ वर्षीया किशोरी […]

यो वर्ष महाशिवरात्रिमा पशुपति क्षेत्रमा गाँजा प्रतिबन्धित

काठमाडौं (पास)– यस वर्षको महाशिवरात्रिको अवसर पारेर पशुपति क्षेत्र विकास कोषले आजदेखि गाँजा बेच्ने र सेवन गर्ने सुरक्षित स्थलका रुपमा प्रयोग गरिँदै आएको सूर्यघाट, मृगस्थली जंगल, गोपालबाबा आश्रम, राममन्दिर परिसर, राजराजेश्वरी नहर नजिकको पीपलबोटलगायत क्षेत्रमा दैनिक सुरक्षा गस्ती गरी शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिने गरिएको छ । गत मंसिर तेस्रो सातादेखि कोषको नेतृत्वमा महानगरीय प्रहरी वृत्त […]

देवर भाउजुको अनैतिक सम्बन्धबाट जन्मेको शिशु हत्या गर्ने जोडी जेल चलान

पर्वत (रासस)– वैदेशिक रोजगारका सिलसिलामा श्रीमान् विदेश भएको मौका छोपेर आफ्नै देवरसँग अवैध गर्भाधारण गरी शिशुलाई जन्माएर हत्या गर्ने देवर भाउजु जेल चलान भएका छन् । पर्वत जिल्ला अदालतले शुक्रबार उनीहरूलाई कैद सजाय सुनाएको हो । २०७३ कात्तिक १८ गते पर्वतको साविक कुर्घा गाविस–६ हाल फलेवास नगरपालिका–९ कुर्घाकी मीना क्षेत्रीले आफ्नै देवर नातापर्ने विजयराज क्षेत्रीको […]

मिर्गौला, क्यान्सर र स्पाइनल इन्जुरीका रोगीलाई मासिक ५ हजार भत्ता दिन शुरु

काठमाडौं– ‘हप्तामा तीनपल्ट डायलासिस गर्नुपर्छ, एक हजार २०० को रगत बढाउने सुई किन्नलाई पैसा पुग्यो,’ मिर्गौला रोगी अमृता भण्डारीले भनिन् । वीर अस्पतालमा बिहीबार जीविकोपार्जन भत्तास्वरुप मासिक पाँच हजार बुझेपछि उनले सो कुरा भनेकी हुन् । मिर्गौला, क्यान्सर र स्पाइनल इन्जुरी भई पक्षाघात भएका बिरामीलाई जीविकोपार्जन भत्तास्वरुप मासिक पाँच हजार दिने निर्णय मन्त्रिपरिषद्को गत पुस […]

श्रीपञ्चमी र यसको महत्व

काठमाडौँ (पास)– प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइरहेको छ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन […]

पशुपतिमा दाहसंस्कारका लागि वार्षिक बीस लाख केजी दाउरा खपत

काठमाडौँ– पशुपति आर्यघाटमा दाहसंस्कार गर्न वार्षिक २० लाख किलोग्रामको हाराहारी दाउरा खपत हुने गरेको छ । मृतकको दाहसंस्कार गर्न दाउरा उपलब्ध गराउँदै आएको द टिम्बर कर्पोरेशन अफ नेपालले दिएको जानकारीअनुसार झण्डै वार्षिक दुई करोड मूल्यबराबरको दाउरा खपत हुँदै आएको हो । टिम्बरले चुरे क्षेत्रका काठ काट्दा निस्केको दाउरा पशुपतिको दाहसंस्कारमा प्रयोग गरिन्छ । कर्पोरेशनका महाप्रबन्धक […]

बगरमै बित्छ जिन्दगी…

भीमदत्तनगर– चार छोरा छोरीसहित बडैपुरकी तारादेवी चदारा दैनिकजसो ढुंगा, गिट्टी र बालुवा चाल्न महाकाली नदीको बगर धाउँछिन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ बडैपुरकी चदारासँग बगरमा बालुवा, गिट्टी र ढुंगा चाल्नु बाहेक अरू उपाय छैन । ‘बालुवा नछाने छाक टार्न धौधौ पर्छ,’ तीन वर्षीया छोरी विशिता र १२ वर्षीय छोरा राकेशसँगै बगरमा ढुंगा संकलन गरिरहेकी चदाराले भनिन् […]

माघे सक्रान्तिमा २८ हल गोरु जुधाइँदै

नुवाकोट (पास)– नुवाकोटमा यो वर्षको माघे सङ्क्रान्तिमा २८ हल गोरु जुधाइने भएको छ । जिल्लाको तारुका र बेत्रावतीमा हरेक वर्ष माघे सङ्क्रान्तिमा गोरु जुधाउने गरिन्छ । तारकेश्वर गाउँपालिका–२, तारुकामा यो वर्ष १८ हल गोरु जुधाइने भएको छ । मेला आयोजक समितिका अनुसार तारुकामा माघे सङ्क्रान्तिमा जुधाउनका लागि किसानले १८ हल गोरु दर्ता गराएका छन् । […]

धामीको भर पर्दा चारको मृत्यु

जाजरकोट (रासस)– एक सातादेखि फैलिएको रुघाखोकी र भाइरल ज्वरोबाट चार जनाको मृत्यु भएको छ । रुघाखोकीले केही दिनदेखि थलिएका जुनीचाँदे गाउँपालिका– २ मजकोटकी ६५ वर्षीया धनसरा नाथ, ७५ वर्षीय सतरुप शाही र ६२ वर्षीया आइती तिरुवाको मृत्यु भएको स्वास्थ्यचौकी बड्कुलेका इन्चार्ज हरिबहादुर सिंहले बताए । नाथको बुधबार र शाहीको बिहीबार मृत्यु भएको हो । त्यस्तै […]