मृत महिलालाई पास्टरले जीवित बनाएको भिडियो भाइरल, अनुसन्धान हुने

काठमाडौं । बुटवलको होली क्याभलरी चर्चका पास्टर राजेन्द्र गोतामेले एक मृत महिलालाई जीवित गराएको भन्दै सामाजिक सञ्जालमा भ्रामक भिडियो यतिबेला भाइरल भइरहेको छ। सो भिडियो विवेक सत्याल नामको अकाउन्टबाट पोस्ट भएको छ। भिडियोमा एक महिला सुतिरहेकी हुन्छिन्। उनी मृत भएको बताइन्छ। पास्टरले केही मन्त्र उच्चारण गर्छन्। केही बेरमा ती मृत भनिएकी महिला चरपटाउन थाल्छिन्। उनी […]