यी हुन् राप्रपा अध्यक्ष लिङ्देनद्वारा मनोनयन गरिएको २४ पदाधिकारी, कमल थापा पक्षका पनि समेटिए

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पदाधिकारीमा २४ जना मनोनित भएका छन् । अध्यक्ष राजेन्द्र लिङ्देनले विधान बमोजिम उपाध्यक्ष महामन्त्री, प्रवक्ता, सहायक प्रवक्ता, सहमहामन्त्री, सहायक महामन्त्री पदमा २४ जनालाई मनोनित गरेका हुन् । जसअनुसार उपाध्यक्षमा हेमजंग गुरुङ र मुकुन्दश्याम गिरी मनोनित भएका छन् भने महामन्त्रीमा राजेन्द्र गुरुङ र प्रह्लाद प्रसाद साह मनोनित भएका छन् […]