काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् ।
दिउसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनले राजीनामा दिएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
आजको मन्त्रिपरिषद् बैठकमा डा.खतिवडाले आफ्नो कार्यकालमा गरेका कामहरुको समीक्षा गरेका थिए ।
राष्ट्रिय सभा सदस्यका लागि उनको कार्यकाल पूरा भएपछि पनि ६ महिना उनी मन्त्री भएका थिए ।
नेकपाले राष्ट्रिय सभा सदस्यका लागि वामदेव गौतमलाई सिफारिस गरेपछि खतिवडाले राजीनामा दिएका हुन् ।