नेकपा संसदीय दलका प्रमुख सचेतक गुरूङलाई कोरोना संक्रमण

नेकपा प्रमुख सचेतक गुरुङलाई कोरोना संक्रमण::Best Online News Portal of Nepal

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरूङलाई कोरोना संक्रमण भएको छ ।

प्रमुख सचेतक गुरुङले आइतबार पीसीआर परीक्षण गराएका थिए । उनको परीक्षण नतिजा पोजेटिभ आएको जनाइएको छ ।

गुरुङ पत्नि यसोदा सुवेदीको भने रिपोर्ट आइनसकेको गुरुङको सचिवालयले जनाएको छ । पत्नी यशोदा पनि संघीय संसदको सांसद हुन् ।

सामान्य ज्वरो र खोकी भएपनि स्वास्थ्य अवस्था सामान्य रहेको र निवासमै आइसोलेट भएर बसेको गुरुङले जानकारी दिए ।