नेप्सेमा मंगलबार दोहोरो अंकले गिराव‍ट

काठमाडौं । नेपाली शेयर बजारमा आज मंगलबार गिरावट आएको छ । सोमबार सोमबार ४० अंकको सुधार आएको शेयर बजारमा आज दोहोरो अंकको गिरावट आएको हो ।

मंगलबार शेयर बजारमा कूल ६ अर्बको कारोबार भयो । आज नेप्से परिसुचक ५९ अंकले ओरालो लागेर २४ सय ५५ कायम भई थामिएको छ ।

मंगलबार जीवन बिमा समूह सबैभन्दा उच्च ५ सय ४३ अंकले ओरालो लागे भने निर्जीवन बिमा समूह ३ सय ४३ अंकले ओर्लियो । कारोबार भएका केही समूहमा सुधार आएको छ ।

आज ६ कम्पनीको शेयर मूल्य बढ्यो भने १ सय ६९ कम्पनीको मूल्य घट्यो ।

बैंकिङ, वित्त, जलविद्युत, लघुवित्त, अन्य र उत्पादनमुलक समूह दोहोरो अंकले ओरालो लागे भने भने व्यापार समूह २ सय ७८ अंकले अनि होटल समुह १६ अंकले उकालो लागे ।

आज नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा)को कारोबार सबैभन्दा भएको छ । नेप्सेका अनुसार आज २ सय ८ कम्पनीको १ करोड ३१ लाख कित्ता शेयर ६ अर्ब ११ करोडमा किनबेच भएको छ ।