पूर्वप्रधानमन्त्री भट्टराई स्वदेश फिर्ता

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) को संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई स्वदेश फर्किएका छन् ।

भारतको राजधानी दिल्लीमा स्वास्थ्य परीक्षण पूरा भएपछि उनी नेपाल वायु सेवा निगमको विमानमार्फत मंगलबार काठमाडौँ फर्किएका हुन् ।

भट्टराई न्युरो इन्डोक्राइनको ट्युमरमा क्यान्सर भएको आशङ्कामा परीक्षणका लागि दिल्ली पुगेका थिए । यकृत एवं पित्त विज्ञान संस्थानमा स्वास्थ्य परीक्षण गराउँदा न्युरो–इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको चिकित्सकले निष्कर्ष निकालेका थिए ।

उक्त ट्युमरलाई दुई–तीन महिनाभित्रै शल्यक्रियाद्वारा फाल्नुपर्ने चिकित्सकले सुझाव दिएका छन् ।