क्रिष्टियानो रोनाल्डोले होटलका कामदारलाई २० हजार युरो टिप्स दिए

काठमाडौं– क्रिष्टियानो रोनाल्डोले ग्रिसमा बिदा मनाएर फर्किने बेला होटका कामदारलाई ठूलो रकम टिप्स दिएका छन् । रोनाल्डोले रुसमा भएको विश्वकपमा पोर्चुगल अन्तिम १६ बाट बाहिरिएपछि बिदा मनाउन ग्रिस गएका थिए ।

ग्रिसको पेलोपोन्नेसीमा रहेको कोस्टा नाभारिनोको रोयल मेथोनी भिल्लाबाट चेकआउट गर्ने बेला टिपको रुपमा २० हजार युरो छोडे । उनले त्यो टिप रिसोर्टका कामदारले समान रुपमा बाँडेर लिनु पर्ने बताएका थिए ।

रिसोर्टमा रोनाल्डोलाई सेवा प्रदान गर्नका लागि १० जना होटल कामदार खटिएका थिए ।

Lovely moments!👌🏽

A post shared by Cristiano Ronaldo (@cristiano) on

ग्रिक आतिथ्यताबाट ३३ वर्षे रोनाल्डो निकै प्रभावित भएका छन् । रोनाल्डोले बिदा मनाएको यो रिसोर्टमा यसअघि हलिउड स्टार एन्जोलिना जोली र ब्राड पिट पनि गएका थिए ।