काठमाडौंबाटै अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं, मंसिर । काठमाडौं महानगरपालिका ५ हाडीगाउँस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम र एम्फेटामाईन ५ सय मिलिग्राम सहित सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका ४ ठेगाना भएका २९ वर्षीय गौतम केसीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं, महानगरपालिका ४ धुम्वाराहीबाट अवैध लागूऔषध खैरो हेरोइन २.५ ग्राम, एम्फेटामाइन २२ ग्राम, यावा (एम्फेटामाईन) १८.५ ग्राम, कोकिन ३ ग्राम र २ थान डिजिटल तराजु सहित २ जनालाई बुधबार बेलुका प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोलुखुम्बु नेले गाउँपालिका ७ ठेगाना भएका ४५ वर्षीय प्रशान्त राई र काठमाडौं महानगरपालिका १३ ठेगाना भएका ३६ वर्षीय रिकेश भन्ने विकास लाल सिंह रहेका छन् । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले राईको कोठा जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।