बढ्यो फेरि सुनचाँदीको मूल्य

नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला ७० हजार ८ सय निर्धारण गरिएको सुन आज ७१ हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, शुक्रबार ७० हजार ५ सय निर्धारण गरिएको तेजावी सुनको मूल्य आज प्रतितोला ७१ हजार पुगेको छ ।

चाँदीको भाऊ पनि आज बढेको छ । शुक्रबार प्रतितोला ८ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज ८ सय ४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।