एचआइभी सङ्क्रमितले जन्माए सुरक्षित शिशु

जिल्लाका विभिन्न स्थानमा गरिएको स्वास्थ्य परीक्षणमा १०६ नयाँ एचआइभी सङ्क्रमित भेटिएका छन् ।

भरतपुर अस्पतालमा रहेको एन्टी रेक्ट्रो भाइरल थेरापी (एआरटी) सेन्टरका अनुसार सन् २०१९ मा २० हजार ६४६ को परीक्षणका क्रममा ती नयाँ सङ्क्रमण भेटिएको हो ।

सङ्क्रमितमध्ये १०४ ले नियमित औषधि सेवन गर्दै आएका छन् ।  सङ्क्रमितको सङ्ख्या ९९१ पुगेको छ ।

सेन्टरका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाका अनुसार एचआइभी सङ्क्रमितलाई क्षयरोगबाट जोगाउन ७०२ लाई औषधि प्रदान गरिएको छ ।

गत वर्षमा छ सङ्क्रमितले सुरक्षित बच्चा जन्माएका छन् । गत वर्ष १३ सङ्क्रमितले औषधि सेवन गर्न छाडेको उहाँले जानकारी दिनुभयो । रासस