एकैदिन कोरोना संक्रमणबाट ११ जनाको मृत्यु

काठमाडौं । नेपालमा शुक्रबार थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १३७ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा सो जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार आज एक महिला र १० पुरुष गरी ११ जनाको कोरोनाले मृत्यु भएको हो ।

जसमा मोरङ, पर्सा, सप्तरी, बारा, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्यूठानमा गरी ११ जिल्लाका एक–एक जना गरी ११ को मृत्यु भएको हो ।