काठमाडौं उपत्यकामा २९८ सहित देशभर ८९९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २९८ सहित देशभर ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरको प्रयोगशालामा ११ हजार ४९० नमुना परीक्षण गर्दा ३०३ महिला र ५९६ पुरुषमा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा २९८ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये काठमाडौंका १९०, ललितपुरका ६७ र भक्तपुरका ४१ जना छन् ।

यस्तै सर्लाहीका १०३ जना, चितवनका ७१, मकवानपुरका ४२, सुर्खेतका ३८, पर्साका ३४, धनुषाका ३१, तनहुँका २६, सुनसरीका २५, बारा र अछामका २३र२३ जना, सप्तरीका २२, मोरङका १९, कैलालीका १६, बाँकेका १४, काभ्रे र गोरखाका १३र१३ जना र रुपन्देहीका ११ जनामा संक्रमण पुष्टि भएको छ ।

संखुवासभा र नवलपुरका ९-९ जना, सिन्धुली र कञ्चनपुरका ७-७ जना, महोत्तरीका ६, झापा र सिराहाका ५-५ जना, बाग्लुङका ४, कास्की र नवलपरासीका ३-३ जना, दोलखा, रामेछाप, लमजुङ, अर्घाखाँची, बर्दिया र बैतडीका २-२ जना तथा खोटाङ, ओखलढुंगा, रौतहट, धादिङ, सिन्धुपाल्चोक, कपिलवस्तु, पाल्पा, जुम्ला, डोटी र बझाङका १-१ जनामा संक्रमण देखिएको छ ।